• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

‘किङ’ युनिटले भुइँमा बसेर हेरे आफ्नै फिल्म

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    काठमाडौं: बिहीबारबाट प्रदर्शनमा आएको फिल्‍म ‘किङ’ युनिटले भुइँमै बसेर फिल्म हेर्‍यो। हाउसफूल रहेका हलहरुमा दर्शक प्रतिक्रिया लिन युनिटका सदस्य हलहलमा पुगेका हुन्।

    यो हप्ताका लागि बिहीबारबाट तीन नेपाली फिल्म किङ, शब्द र लभ सासा एकसाथ प्रदर्शनमा आएका हुन्। विकेन्ड सुरु हुनुअघि सार्वजनिक भएका फिल्महरुका लागि बिहीबार र शुक्रबारको तुलनामा शनिबार बढी दर्शकको फ्लो पाए।

    सन्तोष शिवाकोटीले निर्देशन गरेको फिल्म शब्द र प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मको व्यापार सन्तोषजनक रहे। सबिर श्रेष्ठ निर्देशित ‘किङ’ले भने दर्शकको भिड जम्मा गर्‍यो। दर्शकलाई उत्साही तुल्याउन थिएटर पुगेको फिल्म युनिट भुइँमा बसेर फिल्म हेर्न परेको हो।

    गोपिकृष्ण, गुण, अष्टनारायण लगायत हलमा ७५ प्रतिशत अकुपेन्सी साथ फिल्म प्रदर्शन भयो भने सिंगल स्क्रीनमा हाउसफुल भएको फिल्म वितरकको दाबी छ।

    फिल्म निर्माता जयन श्रेष्ठले भने,’सबै फिल्मको आफ्नै दर्शक हुन्छन् भन्ने साबित भयो। एकसाथ तीन फिल्म आएर पनि किङलाई असर गरेन।’

    दर्शकको प्रतिक्रयाले फिल्ममा दर्शक फ्लो बढाउने उनको अनुमान छ।

    फिल्ममा निखिल उप्रेती, अनुपविक्रम शाही, वेनिशा हमाल, रुपन श्रेष्ठ लगायतको मुख्य अभिनय छ। एक्शन लभस्टोरी फिल्म जयन श्रेष्ठको निर्माण हो। फिल्ममा संजय लामाको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको छ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    नायिका शिल्पा पोखरेललाई ‘जन्मदिनको’ धेरै धेरै शुभकामना
    आलिया भट्टले मुम्बइमा ३२ करोड रकम खर्च गरेर किनिन् नयाँ घर
    नेपाली फिल्मका कलाकारहरुले भाइटिकालाई विशेष रुपमा मनाए
    कविन्द्र र प्रबिशा अधिकारीको ‘मखमली तिहार’ (भिडियो)
    बलिउडमा कमब्याकको तयारी तनुश्री ,घटाइन् १५ केजी तौल
    फिल्म ‘मइड’मा नायक अमिताभ बच्चनले काम गर्ने पक्का

    Recent Posts

    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु
    • फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    • नेपाली गम्भीर श्रेष्ठ कोरियन फिल्ममा
    • समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    • बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)
    • गायिका एलिना चौहानको ‘ओई प्यारी’(भिडियो)
    • गायक रञ्जित परियारको ‘रेलको भाडा’ (भिडियो)
    • सर्ट फिल्म ‘एक लभर’ सार्वजनिक

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073