• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म स्कुल सञ्चालनका लागि डभ साइमन नेपालमा

  • 2017-01-20 
  • प्रकाशित

    Spread the love

    काठमाडौं : अमेरिकी फिल्म मास्टर डभ साइमन जनवरी २२ र २३ मा सञ्चालन हुने ‘डभ साइमन फिल्म स्कुल’का लागि मङ्गलबार नेपाल आएका छन्। आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी स्कुलको कार्यसूची बारे उनले जानकारी दिए।

    ‘कथा भए पनि नेपाली फिल्म इन्डस्ट्रीमा स्रोतको कमी छ। जसको असर फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा पर्छ,’ डभले भने, ‘म नेपाली फिल्म विश्व बजारमा नपुग्नुको कारण, पुर्‍याउन सकिने माध्यममाथि पनि कुरा गर्नेछु।’

    २० वर्षयता ३४ देशहरुमा सञ्चालन भएको फिल्म कार्यशालालाई द काठमाडौं अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

    कार्यशाला अन्तर्गत डभले फिल्मको विषय, कथा लेखन, निर्माण, निर्देशन, प्रदर्शन, बजार, छायांकन, सम्पादन, बक्स अफिसमाथि छलफल गर्नेछन्।

    डभका अनुसार पहिलो दिन फिल्मका लेखन, छायांकन, निर्देशन र कार्यशालामा समावेश फिचर फिल्मको आइडियामाथि छलफल हुनेछ। दोस्रो दिन फिल्म निर्माण र बिक्रीबारे जानकारीमूलक कार्यशाला गरिनेछ। ‘मेरो मुख्य उद्देश्य सानो लगानीमा राम्रो फिल्म बनाउन प्रेरित गर्नु हो। अब  हलिउडको फिल्म बनाउने आइडिया नेपाली फिल्म निर्मातासँग पनि शेयर गर्नेछु,’ डभले भने।

    दुई दिनको कार्यशाला नेपाल पर्यटन विकास बोर्डमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ।

    विश्वमा महङ्गो फिल्म स्कुलको रुपमा प्रसिद्ध डभ साइमन्स फिल्म स्कुलले नेपालका लागि भने ६ हजार रुपैयाँ शुल्क तोकेको छ। कार्यशालामा
    करिब १५० जनाको सहभागिता रहनेछ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    फिल्म ‘गोर्खे’ देशैभर प्रदर्शनमा
    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन

    Recent Posts

    • गायिका रानी शाक्यको ‘सल्लाघारी’ (भिडियो)
    • ‘म्यूजिक भिडियो अवार्ड’को मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म
    • बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ (भिडियो)
    • रुकमान र मेलिनाको ‘धेरै माया गर्छु’ (भिडियो)
    • मलिका र सोनालको ‘ओर आउन माया’ ( भिडियो)
    • गायक प्रमोद खरेलको ‘म भन्दा नि २’ (भिडियो)
    • फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति घोषणा
    • गायक आयुष खतिवडाको ‘निर्दोष माया’ (भिडियो)
    • स्मारिका र समारिकाले सार्वजनिक गरे प्रेमी
    • गायिका सबिता ढुंगानाको ‘शितल दिने कर्के नजर'(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073