• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

अब ब्याङगलोरमा पनि नेपाली चलचित्र

  • 2017-01-31 
  • प्रकाशित

    Spread the love

    काठमाडौं । भारतको शहर ब्याङगलोरमा पनि नेपाली फिल्मको प्रदर्शन हुने भएको छ । बाङ्गलोरमा हुन लागेको नेपाली फिल्म फेस्टिभल मा नेपाली चलचित्रहरु प्रदर्शन गरिनेछ । यो फेस्टिभल नेपाली चलचित्र क्षेत्रमा फिल्मलाई केही रुपमा राहत दिदै आईरहेको संस्था हाइलाईट्स नेपालको स्वामित्वमा फ्रेबरी १२ मा हुन गईरहेको छ ।

    एक दिन मात्र हुन गईरहेको फेस्टिभल विहान १० बजे देखि साझ ७ बजेसम्म संञ्चालन हुनेछ । फिल्म फेस्टिभलमा प्रचण्ड मान श्रेष्ठको निर्देशन लब शाशा प्रदर्शन हुनेछ । फिल्ममा कर्मा, केकी र अशिफ शाहको अभिनय रहेको छ ।

    यस्तै लभ शाशासँगै क्रिटिक्स वीक्स २०१५ को भेन्स ईन्टरनेशनल फिल्म फेस्टिभलमा बेस्ट फिल्म एर्वाड पाएको मिन बहादुर भाम निर्देशित फिल्म कालो पोथि र नव निर्देशक प्रदिप भट्राईको निर्देशन रहेको सफल चलचित्र जात्रा पनि प्रदर्शन हुनेछ । जात्रामा रबिन्द्र सिंह बाँनिया, वर्षा रावत, विपीन कार्की र रविन्द्र झा लगायतको अभिनय रहेको छ । फेस्टिभल आचार्य कलेज हिसारागट्टा भन्ने ठाउँमा हुन गइरहेको छ ।
    फेस्टिभललाई खनाल फुड्स, नेपाली चुलो र नेपाली मः मः ले प्रयोजन गर्नेछन् । फेस्टिभलमा यी इन्सपोन्सरहरुको स्टलहरुमा नेपाली खानेकुरा र खाद्यान्नको पनि विक्री वितरण र प्रदर्शन रहनेछ । फेस्टिभलमा न्युनतम प्रवेश शुल्क लगाइएको छ । जसबाट संकलन भएकोे सम्पुर्ण रकम इस्टुडेन्ट वेलफेर ट्रस्टमा जानेछ ।


    बाङ्गलोर सहरको वरपरको नेपाली लगायत सिक्किम, दार्जिलिङ, आसाम, मनिपुर, मिजोराम लगायत भुटानमा बस्ने नेपालीहरुलाई समेत फिल्म फेस्टिभलमा उपस्थीति गराउने आयोजकको लक्ष्य रहेको छ ।
    फेस्टिभलमा प्रदर्शन हुने चलचित्रहरु र समय तालिका
    लब शाशा स् समय विहान १० बजे
    जात्रा स् दिउँसो १२ः३० बजे
    कालो पोथि स् बेलुका ४ बजे

     

     

     

     

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073