• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

जाँदा जहाजमा गएको थियो आउँदा बाकसमा आए
यम बुद्धका आमा बुबा बेहोसमै, अन्तिम अन्त्यष्टि पशुपतिमा (भिडियो )

  • 2017-01-28 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा संवाददाता

    काठमाडौं ।

    यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ । श्रीमतीसहित लण्डनमा बस्दै आएका उनले गत माघ १ गते आत्महत्या गरेका थिए । परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि शनिबार दिउँसो इत्तेहाद एयरबाट ल्याइएको हो ।


    शुक्रवार बेलुका मात्रै यम बुद्धका सयौं शुभ चिन्तकहरु बसन्तपुरमा जम्मा भएर उनलाई श्रदाञ्जली अर्पण गरेका थिए । बसन्तपुरमा जम्मा भएका सयौं शुभ चिन्तकहरुले उनको फोटो बनाएर दिप प्रज्वलन गर्दै उनलाई सम्झेका थिए । उनको साथी बोलको गीत गाउँदै शुभचिन्तकहरु भाव बिह्वल देखिन्थ्यो । उनीहरुले यम बुद्धको आत्महत्यामा आशंका उब्जेको भन्दै अनुशन्धान हुनुपर्ने आवाज उठाएका छन् । २९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

     

    एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी, आउँदै छु म, ‘फुटपाथ मेरो घर, लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उनी खतरा नामक एल्बम ल्याउने तयारीमा थिए । ‘साथी नामक गीतबाट युवा संगीतप्रेमीहरुमाझ चिनिँदै उनी नेपाली हिपहप गायकका रुपमा छाएका थिए । एक मात्र छोरा अनिलको शब लिन बाबू अम्बिका प्रसाद अधिकारी एयरपोर्टमा पुगेका थिए। उनका साथमा अरू ५६ जना आफन्त पनि थिए । अपरान्ह चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव ल्याइपुर्‍याइएको हो।

     

    यमबुद्धको शवलाई लिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँको संख्यामा उनका फ्यान भेला भएका थिए। जब उनको सब एयरपोर्ट बाट बाहिर निकालिए उनका आमाबुबा भाव बिह्वल हुन थाले । जाँदा जहाजमा गएको थियो आउँदा बाकसमा आए भन्दै भक्कानिए यम बुद्धका आमा बुबा । सँगसँगै उनको शबलाई लिन पुगेका सयौं फ्यानहरुका आँखा रसाईरहेको देखिन्थ्यो । उनको शवलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा करिब दुईघन्टा अन्तिम श्रदाञ्जलीका लागि राखिएको थियो । त्यस पछि अन्त्यष्टिका लागि पशुपति लगिएको हो । हिन्दु धर्मको धार्मिक परम्परा अनुसार उनको अन्त्यष्टि गरिएको हो ।

    यम बुद्धको मृत्युबारे विभिन्न प्रश्नहरु उब्जेका छन् । बेलायतबाटै प्रकाशन हुने कतिपय पत्रिका र मिडीयाहरुले उनको मृत्यु रहस्यमय भएको दाबी गरेका छन् । अझ उनका ससुराले आफुले पहिलो पटक झुण्डिरहेको अवस्थामा भेटेको दावी गरेका छन् भने उनी मृत फेला परेको तल्ला भन्दा एक तल्ला मुनि बस्दै आएका रोशन नामक एक नेपाली केटाले आफुले पहिलो पटक झुडिएको अवस्थामा भेटिएको र अर्कै चाबी प्रयोग गरेर वाथरुम खोलेको समेत दाबी गरेका छन् । यसरी मृत्युवारे फरक फरक बयानहरु बाहिरीएका कारण पनि मृत्यु रहस्यमय होकी भन्ने उनका शुभचिन्तकहरुमा भान परेको छ ।

    लण्डन प्रहरीले उनको मृत्युमा गहिरो अनुसन्धान नगरेको गुनासो पनि सुनिने गरेको छ । यसको वारेमा कडा अनुशन्धान हुनुपर्ने शुभचिन्तकहरुबाट आवाज उठेको छ । मृत्युको झण्डै दुई हप्तापछि छोराको शब राखेको कफन देखेर आमाबाबु मूर्छा परे। पोस्टमार्टम रिपोर्टमा उनले आत्महत्या गरेको पुष्टि भएको बताइएको छ । पोस्टमार्टम रिर्पोटमा यम बुद्धले मदिरा पिएको देखिए पनि लागू औषध सेवन नगरेको देखिएको थियो ।
    यमबुद्धले सधै अरुलाई हिम्मत नहार्न जस्काइरहन्थे तर किन आफैले हिम्मत हारेर गए त उनी ? सबैको एउटै प्रश्न छ । आज सम्म यमबुद्धको वारेमा सबैले सहानुभूति प्रकट गरिरहेका छन् । के भोलीदेखी पनि यमबुद्धलाई यसरी सबैले सम्झिरहछन् होला त ? या उनको मृत्युको अनुशन्धानको वारेमा यसरी बुलन्द आवाज उठिरहेला त ? यो सब शुभचिन्तकहरुमा भर पर्नेछ । जे होस् उनको मृत्युको वारेमा सत्य यथार्थ बाहिर आऊन् र भोलीका दिनमा कसैले फेरी यस्तो बाटो रोज्न नपरोस् । सधै तिमी हामी माझ रहरिहने छौं । तिमी प्रति श्रदा सुमन अर्पण गर्दछु । सधै तिमीलाई सम्झिरहने छौं । अलविदा यमबुद्ध ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073