प्रदिप उदय चलचित्र संघको अध्यक्षमा

फिल्मी फण्डा संवाददाता
काठमाडौं । हल सञ्चालक र चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय चयन भएका छन् । संघको ४४ औं वार्षिक साधारण सभाले उदयलाई अध्यक्षमा निर्विरोध चयन गरेका हो । अन्य कार्यसमिति सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी कार्यसमिती सदस्यमा भएका छन् ।
यसरी चयन भएका सदस्यहरुबाटै केही दिनपछि उपाध्यक्ष सहित बाँकी पदाधिकारीको घोषणा गरिने नव निर्वाचित अध्यक्ष उदयले बताए । यस्तै संघको पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिबमा परशुराम चौधरी चयन भएका छन् । बैशाखदेखि मात्रै प्रदीप कुमार उदयले कार्यभार सम्हाल्ने छन् ।
संघको ४४ औं वाषिर्क साधारण सभाको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरेका हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सिनेमा हल समय अनुसार सुधार हुन नसकेको भन्दै मोफसलका फिल्म हलमा नेपाली चलचित्र चल्न छाडेको बताए ।
चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले नेपाली चलचित्र डिजटल प्रविधीमा गएपछि नेपाली फिल्मले ८० प्रतिसत भन्दा बढी नेपाली बजार ओगट्न सफल भएको धारणा राखे । तर चलचित्र क्षेत्र धरायसी बन्दै गईरहेको कारण पनि एक किसीमले चलचित्र संघ नै भएको निर्माता संघका केही पदाधिकारीहरुको भनाई छ । यो कार्य समितीले पनि बक्स अफिस लागु गर्न कठिन हुने निर्माता संघका पदाधिकारी मध्येका एकले नाम नखुलाउने शर्तमा बताए । उनले बक्स अफिस लागु भएपछि हलवालाहरुलाई घाटा हुने भएकाले सबै सदस्हरुले अध्यक्षलाई दबाब दिएर भएपनि बक्स अफिस लागु नगराउने माहोल सिर्जना हुने दावी गरे । कार्यसमितीका नयाँ अध्यक्ष उदयले भने के गर्ने हो त्यो पनि अब केही महिनामै थाहा होला ।
संघका नव निर्वाचित अध्यक्ष प्रदिप कुमार उदय र हलवालहरुको विशेष रिपोर्ट हामी केही दिनमै भिडीयो सहित प्रस्तुत गर्नेछौं ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस