• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

यो हो राधेमा देखिएको गम्भिर गल्ती

  • 2017-02-02 
  • प्रकाशित

    Spread the love

    काठमाडौ ।  आगामी बैशाख १ गतेबाट प्रदर्शन हुने तयारी गरिरहेको चलचित्र राधेले केही दिन अगाडी मात्र मलाई माफ गर बोलको गीत सार्वजानिक गरेको थियो । तपाईहरुले पनि पक्कै गीत हेरिसक्नु भयो होला ? राम्रो लाग्यो होला । कति कुरा नोटिस गर्नुभयो कति कुरा गर्नु भएन होला । गीतमा एउटा गम्भिर गल्ती देखिएको छ । तपाईले देख्नु भयो की भएन ? हेर्नुहोस् यो फोटो ।

    फोटो हेरिसकेपछि तपाईले केही कुरा त पक्कै थाहा पाउनु भयो होला । एउटै लोकेशनमा एउटै परिवेशमा उही कलाकारमा खिचीएको यो गीतमा यस्तो गल्ति कसरी हुन्न पुग्यो । गीतका कोरियोग्राफर रामजी लामिछानेको आँखा कता थियो त्यतिबेला जसले यस्तो गम्भिर गल्ती हुन पुग्यो । गीतमा प्रियंकाको हातमा निखील उप्रेती पात्रको नाम राधे लेखिएको छ । केही क्षण पछि उक्त नाम कहिँपनि देखिएको छैन । तर प्रियंकाको ढाडमा जलपरीको पिक्चर्स जहिले देख्न सकिन्छ । यहाँबाट थाहा हुन्छकी त्यो स्थायी थियो । राधे लेखिएको अक्षर चलचित्रका लागि लेखिएको थियो र कन्टिन्युटि सम्झन नसक्दा गल्ति हुन पुग्यो । चलचित्रमा देखिनै नहुने यस्तो गल्तीले चलचित्रको स्तरलाई पनि प्रश्न चिन्ह खडा गर्छ ।


    यदि यो गल्ती गीतमा नभई कुनै सिनमा भएको भए के हुन्थ्यो ? अथवा एउटै सिनमा  हिरोईनलाई भेट्न हिरोले शुरुको शटमा उहि ड्रेस र समयमा कारमा आएको देखिने र दोश्रो शटमा उही ड्रेस र उही समयमा बाईकमा आएको देखाउने हो भन्ने कस्तो सिन बन जाँला । हो यहि प्रकारको गल्ती नै हो राधेको गीतमा देखिएको यो गल्ति पनि ।

    हाम्रो सञ्देश पुनः यस्ता गल्तिहरु नेपाली चलचित्रमा नदोहोरीयोस् भने हो । ताकी यो गल्तीलाई कोट्याउने हैन । हुन त यस अघि पनि रामजी लामिछानेकै कोरियोग्राफी रहेको चलचित्र निर्भयको खुल्लम खुल्ला प्यार गीतमा तामिल चलचित्रको कोरीयोग्राफी चोरिएको थियो । यसरी पछिल्लो समय कोरियोग्राफर रामजी लामिछाने विवादस्पद हुदै आएको छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073