• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

मिससँग कम्मर मर्काए हमालले
सयौं शुभचिन्तक राजेश दाई हाई हाई भन्दै

  • 2017-02-11 
  • प्रकाशित

    Spread the love

    गोरखा । गोरखा जिल्लाको श्रीनाथकोटमा रहेको जनकल्याण माध्यमिक विद्यालयको नव निर्मित भवन उद्घाटन भएको छ । भूकम्पले उक्त विद्यायको सबै भवन ध्वस्त भएपछि घाँसी नेपालको सहयोगमा विद्यालयको लागि नयाँ भवन निर्माण गरिएको थियो । उक्त भवनलाई महानायक राजेश हमालले उद्घाटन गरेका हुन् ।

    गोरखा जिल्लाका प्रमूख जिल्ला अधिकारी समेत उपस्थित भएको कार्यक्रम औपचारीक पछि अनौपचारिक साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो । राजेश दाईले जब हातमा माईक मात्र के लिएका थिए, दर्शकहरुबाट ताली बर्सिए । सानो र पातलो गाउँमा भएको कार्यक्रममा सयौं दर्शकहरु जम्मा भएका थिए । स्थानीयका अनुसार राजेश दाई आउने खबर ढिला मात्र थाहा पाएपनि पाँच गाउँदेखीका मान्छेहरु हमाल हेर्न आईपुगेका थिए ।

     

    यति मात्र नभएर जब राजेश दाई उद्घाटन गरिएको विद्यालयको एक शिक्षीकासँग नाचेका थिए तब दर्शकहरुकाट सिटी र ताली निरन्तर बजीरहे । हमालले कार्यक्रममा निकै रमाईलो भएको र आफुले सबैभन्दा बढी पहिलो पटक नाचेको समेत बताए । विद्यालयको मिससँग लगातार बिस मिनेट भन्दा बढी उनले नृत्य गरेका थिए । पछि उनले आफ्नै चलचित्रका पुराना संवादहरु सुनाउँदा दर्शकहरु स्टेजमै घेरिएका थिए । उनीहरुले निरन्तर राजेश दाई हाई हाई भनी रहे । कार्यक्रममा दर्शकहरुले हमाललाई कहिले राजु, कहिले शंकर त कहिले अर्जुन भनेर लगातार बोलाईरहेका थिए ।

     

    एक बर्ष अघि महानायक राजेश हमालले नै शिलान्यास गरेको उक्त विद्यालयलाई शुक्रवार महानायक हमालले नै उद्घाटन गरेको हो । घाँसी नेपालको अभियन्ता समेत रहेका हमालले उद्घाटनसँगै विद्यालयको सबै साँचो विद्यालय परिवारलाई हस्तान्तरण गरेको हो । पाँच कोठे भुकम्प प्रतिरोधात्मक भवन पाएपछि स्थानीय, विद्यार्थीहरु र विद्यालय परिवार खुशि भएका थिए ।

    भिडियो 


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073