चन्द्रगिरि मेयरका लागि एमाले वाट हरिशरण थापा अग्रपंतिमा

काठमाडौँ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागे पछि राजनीतिक दलका नेता कार्यकर्ता चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका छन् । २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायको निर्वाचन भएको थियो। त्यतिबेला निर्वा्चित प्रतिनिधिको म्याद गुज्रिएपछि राजनीतिक सहमतिमा स्थानीय निकायको नेतृत्व कर्मचारीमार्फत गरिँदै आएको छ । दुई दशक पछी हुन लागेको निर्वाचनमा मेयर र उपमेयरको मैदानमा नेताहरु देखिन सुरु भई सकेको छ । राजधानीको प्रदेश नं ३ अन्र्तगत चन्द्रगिरि नगरपालिका काठमाण्डौं महानगरपलिका पछिको सशक्त चुनावी क्षेत्रको रुपमा पनि मानिन्छ ।
निर्वाचन क्षेत्र नं ९ र १० रहेको चन्द्रगिरिमा पहिलो संविधान सभाको निर्वाचनमा वर्तमान प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजय प्राप्त गरेका थिए भने ९ मा नेपाली काँग्रेसका ध्यान गोविन्द रजितले विजय प्राप्त गरेका थिए । पुन दोश्रो संविधान सभाको निर्वाचनमा भने दुवै क्षेत्रमा काग्रेसको वजंस्व कायम भएको थियो । दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा आकांक्षि उम्मेद्वार पनि धेरै देखिएका छन् ।
एमालेवाट मेयरका लागि धेरैनै आकांक्षि देखिएका छन् । । एमालेबाट मियरका लागि झन्डै आधा दर्जनको हाराहारीमा नेताहरुको दौडधुप सुरु भाईसकेको स्रोतको दावी रहेको छ । ६० हजार हाराहारीमा मतदाता रहेको चन्द्रगिरिमा १५ वटा वडाहरुमा करिव ९ वटा वडाहरु एमालेको शसत्त मानिदै आएको कारण पनि एमालेमा आकांक्षि वढ्नु स्वभाविकै हो । राजधानीको कलंकी देखि मुख्य नाका नागढुङगा सम्मको क्षेत्र चन्द्रगिरि विकास ,पर्यटन,आर्थिक भौगोलिक सवै वाट पनि राम्रो भएकै कारण पनि मेयरमा हानथाप चलेको छ । तर लामो समयदेखि स्थानिय चुनाव नहुनु, संसदीय चुनाबमा काँग्रेसको जित र बहालवाला प्रधानमन्त्रीको चुनाव क्षेत्र भएका कारण एमालेलाई मुख्य चुनौति पनि हो ।
कलंकीदेखि पश्चिमका साबिक ११ वटा गाबिस मिलेर बनेको यस नगरपालिकाको स्थानिय चुनाबको पछिल्लो अवस्था हेर्ने हो भने एमाले काँग्रेस माओवादी र जनमोर्चा, राप्रपा नेमकिपा,नयाँ शक्ति लगाएत १७ दल चन्द्रगिरिमा कृयाशिल छन् । बलियो शक्ति मानिएको नेकपा एमालेमा हशिरण थापाको एमाले वाट मेयरको लागि कडा र वलियो आकांक्षि देखिएका छन् । पुर्व गाविस अध्यक्ष पुर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र हाल प्रदेश नं ३ का सदस्य समेत रहेका थापा एमाले वाट मेयरका लागि पक्का पक्की समेत भएको स्रोतको दावी छ ।
पुर्व गाविस अध्यक्ष प्रल्हादबहादुर कार्की,, गोपिचन्द्र कार्की, रमा आलेमगर, भाइकृष्ण बलामी दिपक पनेरु, अवन्ती सिग्देल नेकपा एमाले चन्द्रगिरि नगरपालिकाको मेयरका लागि आकांक्षि अनुहारको रुपमा रहेको देख्निछ । नेकपा एमाले वाट जनक रिजाल,दुर्गालाल श्रेष्ठको नाम आएता पनि जनक रिजाल अमेरिकामा छन् भने दुर्गालाल आकांक्षिको रुपमा देखिएका छैनन् । आकांक्षिको सूचि धेरै भए पनि नेकपा एमाले वाट हरिशरण थापा मेयरमा लगभग निश्चित टिकटका लागि सहज अवस्था देखिन्छ । प्रदेश नं ३ को सदस्य समेत रहेका थापा सवै आकाँक्षि भन्दा सिनियर हुन राजनिति वृत्तमा ।कुशल वक्ता विकास प्रेमी,समभाव, युवा नेतृत्वका कारण पनि थापाको नगरमा निकै प्रभाव छाएको छ ।
थापा स्थानीयको माझमा लोकप्रिय देखिएका छन् । दहचोक गाउँ विकास समितको अध्यक्ष समेत चलाईसकेका थापा स्थानिय स्वयत शासन ऐन,नियममा रहेर काम गरि सकेका व्यक्ति पनि हुन । एमाले अध्यक्ष केपि शर्मा ओलि पक्षका थापा रामेश्वर फुयाल संगको लगन गाठोका कारण हरिशरण थापा विनाको मेयरको विकल्प नरहेका वताईएको छ । एमाले अध्यक्ष ओली र ओली धर्म पत्नी राधिका शाक्य सहित केहि महिना अगाडी थापाको घरमा खाना खाई दहचोक लगाएत चन्द्रगिरिको भ्रमणमा ओली रहनु भएको थियो । भित्रि रुपमा एमालेमा हरिशरण थापा मेयर र रमा आले मगर उपमेयरमा उठाउँने तयारी भईरहेको उच्च स्रोतको दावी रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस