• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कपिलको आम्दानी ३४१ प्रतिशतले बढ्यो, दीपिकाले मार्च १५ सम्म एड्भान्स कर १० करोड तिरीन्

  • 2017-03-22 
  • प्रकाशित

    Spread the love

    नायिका दीपिका पादुकोणले गतबर्ष एउटा मात्र हलिउड चलचित्रमा काम गरिन् । हलिउड चलचित्रमा मात्र काम गर्दा पनि दीपिका सबैभन्दा धेरै कर तिर्ने नायिका बनेकी छिन् । यो सूचीमा दीपिकाले गत बर्ष ३ वटा हिट चलचित्र दिएकी नायिका आलिया भट्टलाई समेत पछि पारेकी छिन् । दीपिकाले मार्च १५ सम्म एड्भान्स कर १० करोड तिरेकी छिन् ।

    यो सूचीमा नायिका आलिया भट्टको नाम दोश्रो स्थानमा छ, जसले ४.३ करोड ट्याक्स तिरेकी छिन् । यस्तै, नायिका करिना कपुरले पनि सन् २०१६-२०१७ का लागि एड्भान्स कर ३.९ करोड तिरेकी छिन् । इन्डिया टूडेका अनुसार, साहरुख खान, अमिताभ बच्चन, ऐश्वर्या राय जस्ता कलाकारको एडभान्स ट्याक्सको बिषयमा इनकम ट्याक्स डिपार्टमेन्टले कुनै पनि जानकारी दिन मानेको छैन ।

    उनीहरुको बिषयमा जाँच भैरहेको र उनीहरु पनामा पेपर लिक केसमा फसेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यता, नायकतर्फ सलमान खानले ४४.५० करोड एड्भान्स ट्याक्स तिरेका छन् । यस्तै, नायक अक्षय कुमारले २९ करोड, ऋतिक रोशनले २३ करोड, आमिर खानले १४ करोड एड्भान्स ट्याक्स तिरेका छन् ।

    कमेडियन कपिल शर्माले २३ करोड ट्याक्स तिरेको मिडियामा उल्लेख छ । गतबर्षको भन्दा यसबर्ष कपिलको आम्दानी ३४१ प्रतिशतले बढेको देखिएको छ । उनले गतबर्ष ७ करोड एड्भान्स ट्याक्स तिरेका थिए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज
    बलिउडका अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा
    प्रभाषको फर्स्टलुक पोस्टर सहित ‘सलार’ निर्माण घोषणा
    उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिए
    बलिउड अभिनेता सनी देओललाई कोरोना संक्रमण
    भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न एनसीबीको अपिल

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073