• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

पहिलो गीतमै मन पराइए प्रनय

  • 2017-03-01 
  • प्रकाशित

    Spread the love

    काठमाडौं— लामो समयदेखि सिड्नी, अस्टे«लियामा बसोबास गरिरहेका गायक प्रनय क्याडी श्रेष्ठले गाएको एउटा पप गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । दुई साताअघि युट्युबमा अपलोड गरिएको गायक श्रेष्ठको स्वरको ‘एकान्तमा किन किन…’ शीर्षकको गीतको भिडियो यूट्युबमा अपलोड गरेको छोटो अवधिमै झन्डै एक लाख पटक हेरिएको छ ।

    उक्त गीतमा गायक प्रनय क्याडी श्रेष्ठको स्वरका साथै शब्द तथा संगीत पनि उनकै छ । निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता आकाश श्रेष्ठले उत्कृष्ट अभिनय गरेका छन् । सङ्सनेपालको च्यानलबाट अपलोड गरिएको यो भिडियोमा निर्देशकले एउटा वियोगान्त कथा प्रस्तुत गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोको सम्पादन बिकेश धमलाले गरेका हुन् ।

    सन् २०११ देखि सिड्नीमा बसोबास गरिरहेका गायक श्रेष्ठ गायनमा सक्रिय हुने क्रममा छन् । पहिलो गीतबाटै गायक श्रेष्ठले सांगीतिक क्षेत्रमा राम्रो सम्भावना प्रस्तुत गरेका छन् । ललितपुरका स्थायी वासिन्दा प्रणय क्याडी श्रेष्ठले ‘एकान्तमा किन किन…’ गीतबाटै गायन यात्रा प्रारम्भ गरेका हुन् । पहिलो गीतबाट उत्साहजनक प्रतिक्रिया पाएका गायक श्रेष्ठले सांगीतिक क्ष्ँेत्रमा स्थापित हुने आशा समेत जनाएका छन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    फिल्ममा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को गीत सार्वजनिक
    समिर र रोशनीको ‘माकुरी’ (भिडियो)
    बिकास र अन्जुको ‘धारो धर्म’ (भिडीयो)

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073