• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

संगीताको कथा काठमाण्डु

  • 2017-03-13 
  • प्रकाशित

    Spread the love

    लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को आज औपचारिक रुपमा घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक कथामा बन्ने चलचित्रको घोषणा भयो । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या थापा, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रको बिषयमा बोल्दै निर्देशक श्रेष्ठले भनिन्–‘चलचित्रमा ३ फरक–फरक कथालाई जोडेर एउटा चलचित्र निर्माण गरिनेछ । संभवत नेपाली चलचित्रमा यस्तो प्रयोग भएको छैन ।

    ३ फरक–फरक फिल्म भित्रका कथालाई मिलाएर चलचित्र निर्माण हुनेछ ।’ संगीताले ३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुने पनि जानकारी दिइन् ।’ उनले ती पात्रको कनेक्शन कस्तो हुनेछ भनेर खुलाउन चाहिनन् । उनका अनुसार, यो लभ स्टोरी चलचित्र हो । यस्तै, चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले भनिन्–‘एउटा चुनौतीपूर्ण भूमिका निर्वाहा गर्दैछु ।’ चलचित्र ‘चपली हाइट २’बाट उदाएका नायक आयुष्मान देसराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै चलचित्र खेल्नका लागि १० लाख पारिश्रमिक मागेको कुरालाई हल्ला मात्र भनेका छन् । आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन वुधबारबाट सुरु हुनेछ । विजय राइको लगानी रहने यो चलचित्रको प्रोडक्शन डिजाइनर वुद्धिलाल मगर छन् । यस्तै, चलचित्रमा लुजाओ विन्ङको छायांकन रहनेछ । निर्देशक श्रेष्ठका अनुसार, चलचित्रको छायांकन विभिन्न सिफ्टमा गरिनेछ । काठमाण्डौ भित्र घट्ने विभिन्न पात्रका घटनालाई ३ फरक परिवेशमा देखाइने र उनीहरुविच एक अर्काको कनेक्शन चलचित्रमा हुने संगीताको भनाई छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073