• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

भकुन्डेबेसीमा बर्षा र रविनको मेरो पैसा खोई

  • 2017-03-01 
  • प्रकाशित

    Spread the love

    छायांकनको करिब १६ दिनको दृश्य डिलेट गरेर बलिउड निर्देशक विवेक शर्मा भारत हिडेपछि निर्माता रोज राणा अहिले चलचित्र ‘मेरो पैसा खोई’को निर्देशन गरिरहेका छन् । काठमाण्डौ भन्दा केहिपर भकुन्डेबेसीमा यो चलचित्रको धमाधम छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकार रविन तामाङ र वुद्धि तामाङ चलचित्रको लागि टेक दिइरहेका थिए ।

    ‘मेरो पैसा खोई’लाई बलिउड निर्देशक विवेक शर्माले आफ्नै कथामा निर्देशन गरिरहेका थिए । तर, एकाएक उनले १६ दिन खिचिएका दृश्य सबै डिलेट गरेर हिडेपछि रोज आफै निर्देशनमा तम्सिएका हुन् । रोजले भने–‘अहिले हामीले मौनता श्रेष्ठले लेखेको कथामा चलचित्र बनाइरहेका छौ । चलचित्रको शिर्षक पनि कथासँग मेल खाएपछि ‘मेरो पैसा खोई’ नै राखिएको हो ।’

    नायिका बर्षा राउत चलचित्रको सुटिङ फेरि गर्नु परेपनि उत्साहित देखिइन् । उनले भनिन्–‘बलिउड निर्देशकसँग काम गर्दा त रमाइलै भएको थियो । तर, उहाँले नेपालमा पनि बलिउड स्टाइलकै ट्रिटमन्ट खोज्नुभयो ।’ चलचित्रको कथावस्तु बारे निर्देशक रोजले केहि पनि भन्न चाहेनन् । उनले भने–‘यो एउटा कमेडी चलचित्र हो । जसमा पैसाको कुरा हुनेछ ।’

    सौगात मल्ल, बर्षा राउत, रविन तामाङ, वुद्धि तामाङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत, हरि लामा घलेको छायांकन यो चलचित्रमा छ । निर्देशक राणाले अझै ५ दिन भकुन्डेबेसीमा छायांकन हुने जानकारी दिए । यसपछि, काठमाण्डौमा चलचित्रको छायांकन हुने उनले जानकारी दिए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    • वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    • म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी
    • युमी र निरजनको ‘बेबी चड्यो रे’ मा रोमान्स
    • जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073