स्टारडमका बनाउनका लागि सोसल नेटवर्क

स्टारडमका अनेकौँ फाइदा छन् । ब्लकबस्टर चलचित्रले फिल्म स्टारका लागि केवल करोडको कमाइमात्र भित्र्याउँदैन, उनीहरूका लागि अनगिन्ती मार्गहरू प्रशस्त गरिदिन्छ ।
जसले स्टारलाई प्रत्येक क्षण कमाइको बाटो दिइरहेको हुन्छ । बलिउडमा यस्ता कैयौँ स्टार छन्, जसले आफ्नो लोकप्रियताको सही प्रयोग सोसल मिडियामार्फत गरिरहेका छन् । बलिउडका दबंग खान सलमान यो मामिलामा सबैभन्दा अघि छन् ।
मोबाइल एपको दुनियाँमा सलमान नयाँ भए पनि उनी अघि छन् । सलमानले गत वर्ष आफ्नो जन्मदिनमा ‘बीइङ इन टच’ एप लन्च गरेका थिए । पाँच महिनाभित्रमै उनको एपले कीर्तिमान कायम गरेको थियो । यो मामिलामा सलमानले बलिउडका कैयौँ स्टारलाई पछि पारिदिएका छन् ।
शाहरुख खान र आमिर खानले अहिलेसम्म कुनै एप लन्च गरेका छैनन् । तर गत वर्ष केही सेलिब्रिटीले आफूलाई फ्यानसँग जोड्न एप लन्च गरेका थिए ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस