संजोगको हिरोजपन देखिदै

नव नायक संजोग राणाको हिरोजपन यतिखेर पर्दामा देखिने तरखरमा छन् । सामाजिक सञ्जालमा संजोगको हिरोजपन देखिन थालेको छ । धादिङमा जन्मेका संजोगले फिल्मी संघर्ष भने मुम्बई हुदै काठमाडौं सम्म गरेका छन् । मुम्बईमा अभिनय र नृत्यको कक्षा लिएका उनले मुम्बईमै केही सिरीयलमा काम गर्ने मौका भने नपाएका होईनन् । तर नेपाली चलचित्रमा उनी अभिनय गर्ने सोच राखेर काठमाडौंमा संघर्ष गर्दै आईरहेका छन् ।
म अभिनयको लागि आएको हुँ । नेपाली फिल्ममा नै केही गरेर देखाउने लक्ष्य छ –उनले फिल्मी फण्डालाई भने । लाईफ रेस मुभिज र जय लक्ष्मी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र हिरोजको टिजर र पप्पि देऊ न बोलको गीत सार्वजानिक भईसकेको छ ।
चाँडै नै प्रदर्शन हुने भनिएको हिरोजमा संजोगको अलवा करिश्मा मानन्धर, मुकेश ढकाल, जय कृष्ण बस्नेत, पूर्णिमा लामा कमली वाईबा लगायतको मूख्य भुमिका रहेको छ । चलचित्रलाई बरिष्ठ द्धुन्द निर्देशक समेत रहेका एनबी महर्जनले निर्देशन गरेका हुन् । चलचित्रलाई आगामी साउन र भदौको बीचमा रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । संजोगको हिरोजपन कतिको रहने हो त्यो भने चलचित्र प्रदर्शनको क्रममै थाहा होला ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस