• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

दिपेन्द्रको निर्देशनमा खगेन्द्र हिडेँर अमेरिका जाँदै

  • 2017-04-29 
  • प्रकाशित

    Spread the love

    दिपेन्द्र के खनालले अर्को चलचित्र निर्देशन गर्ने भएका छन् । उक्त चलचित्रमा सुरज सिने आर्टस्को प्रस्तुती रहन र लगानी सर्मिला पाण्डेको रहनेछ । लगानीमा निर्देशक खनालले पनि सहकार्य गरेका छन् । हिंडेर अमेरिका जाने नेपालीको बाध्यत्मक परिस्थितिलाई मुख्य कथा बनाइएको फिल्मको लगानी मात्रै ५ करोड अनुमान गरिएको छ ।

    हिडेँर अमेरिका पुग्ने अभिनेतामा खगेन्द्र लामिछाने फाईनल गरेका छन् । पशुपति प्रसाद र धनपती पश्चात निर्देशक दिपेन्द्र के.खनाल र अभिनेता खगेन्द्र लामिछानेले तेश्रो नयाँ फिल्ममा सहकार्य गरेका छन् । नाम तय हुंन बाँकी फिल्ममा खगेन्द्र मुख्य पात्रका रुपमा आवद्ध भएका हुन् ।

    ‘अमेरिकासम्म हिंडेर पुग्ने तीन पात्रको भोगाइ र सपनालाई फिल्ममा देखाइनेछ’ फिल्म बारे निर्देशक खनालले भने, ‘समाजलाई सन्देश दिने र देश तथा विदेशमा देखाउन मिल्ने फिल्म बनाउँने छौं ।’ यता अभिनेता खगेन्द्र लामिछानेले अमेरिका हिंडेर जाँनेको दुःख पत्र पत्रिकामा पढेका र देखेको बताउँदै फिल्मको लागि मिहेनत गर्ने बताए ।

    निर्मात्री सर्मिला पाण्डेले ‘लभ लभ लभ’ लाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं नयाँ फिल्म राम्रो बनाउने विश्वास व्यक्त गरिन् । मंसिर महिनाबाट छायाँकन सुरु हुने फिल्मलाई नेपाल सहित भारत, थाइल्यान्ड, मेक्सिको, ब्राजिल र अमेरिका गरी एक दर्जन देशमा फिल्म खिचिने निर्देशक खनालले जानकारी दिए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    Recent Posts

    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत
    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073