बाहुबलीको हिरो प्रभासले चाडैं नै बिहे गर्दै

बाहुबलीका हिरो प्रभासलाई चाहने केटीहरु कति होलान् रु उनीहरु सबैलाई यो खबरले निराश बनाउने छ किनभने प्रभासले चाँडै नै बिहे गर्दैछन् ।
भारतीय मिडियाका अनुसार उनलाई रासी सिमेन्टका चेयरम्यान भूपति राजाकी नातिनीको प्रस्ताव आएको छ । र, दुवै परिवार यो सम्वन्धका लागि तयार भइसकेका छन् ।
प्रभासले पनि आफ्नो तर्फबाट बिहेको मन्जुरी दिएको समाचारमा उल्लेख छ । यद्यपि प्रभास र उनको परिवारको तर्फबाट यस विषयमा कुनै आधिकारिक भनाई सार्वजनिक भएको छैन । बाहुबली सिरीजमा लगभग पाँच वर्षसम्म व्यस्त रहेका प्रभासले अहिले ब्रेक लिएका छन् ।
उनी अहिले अमेरिकामा आफ्ना साथीहरुसँग छुट्टी मनाइरहेका छन् । उनी जूनको पहिलो साता भारत फर्किनेछन् । ३७ वषिर्य प्रभासले अहिलेसम्म ६ हजार केटीहरुको बिहेको प्रस्ताव लत्याइसकेको खबर हालै मात्र मिडियाहरुमा आएको थियो ।
त्यसो त उनको नाम बाहुबली २ कि अभिनेत्री अनुष्का शेट्टीसँग जोडिदै आएको थियो । तर, अनुष्काले यसलाई अस्वीकार गरिसकेकी छिन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस