दैनिक लाश चिर्ने मान्छेको जीवनमा आधारित “भुइँ मान्छे”

निर्देशक नबराज बुढाथोकीको निर्देशनमा तयार भएको चलचित्र “भुइँ मान्छे” ले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टिजरको साथै रिलिज डेट पनि घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा युनिटले फिल्म साउनको २० गते रिलिज हुने बताएका छन् । नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यस फिल्ममा शव चिर्ने मान्छेको मनोविज्ञान देखाइएको छ ।
दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ । उसलाई समाजले कसरी हेरेको हुन्छ र उसको मनोविज्ञान कस्तो होला ? यीनै कुराहरुलाई चलचित्रमा समेटिएर बनाएको निर्देशकले बताए ।
चलचित्र नारीवादी रहेको निर्देशक बुढाथोकीले बताए । चलचित्रमा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई,बादल भट्ट,रामबाबु रेग्मी,शसांक बोहोरा, आर्यान न्यौपाने , नारायण न्यौपाने , सानु ताम्राकार,सौरभ ढकाल ,हरि यादव, तारा केसी,पुष्कर गुरुङ्ग र नविन श्रेष्ठ आदिले अभिनय गरेको छ । चलचित्रलाई विदुर पाण्डेले खिचेको हुन् भने सम्पादन गम्भिरराज कर्णिकार र मधुसुदन सञ्जेलले गरेका हुन् । चलचित्रमा भि.एफ.एक्स र ग्राफिक्स श्री कृष्ण श्रेष्ठले गरेका हुन् ।
चलचित्रमा अर्जुन पोखरेल र देवेन्द्र राईको संगीत रहेको छ भने शिव परियार, प्रमोद खरेल, दौंलत राई र जुना प्रसाईको स्वर रहेको छ । चलचित्रको कथा,पटकथा,सम्वाद र निर्देशन नवराज बुढाथोकीको नै रहेको छ । यो फिल्ममा कमल राई र कविराज गहतराजको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस