मान्छे चिर्नेको कथा ‘भुईमान्छेको ट्रेलर’ (भिडियो)

फिल्मी फण्डा। फिल्म भुईमान्छेको ट्रेलर सार्बजनिक भएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिल्म को ट्रेलर सार्बजनिक गरिएको हो।
फिल्म भुईमान्छे मरेको मान्छे चिर्ने (पोष्टमार्टम) ब्यक्तिको मनोबिज्ञानमा आधारित रहेको छ। यसै फिल्म बाट भलिबल खेलाडी सिपोरा गुरुङले डेब्यु गरेकी छिन् ।
शैली इन्टरटेनमेन्ट र शैली थिएटरको प्रस्तुतीलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन ।चलचित्रमा निर्देशक आफ्नै कथा, पटकथा र संवाद रहेको छ । भदौ २ गते प्रदर्शन हुने ‘भुइँमान्छे’मा सिपोरा गुरुङसँगै रमेश बुढाथोकी, सहिन प्रजापाती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल आदीको मुख्य अभिनय रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस