म यस्तो गीत गाउँछुको ‘मन मैलो’ (भिडियो)

फिल्म म यस्तो गीत गाउँछुको किन आजकाल तिम्रो मन मैलो भो बोलको गीत सार्वजानिक भएको छ । मंगलवार सामाजिक सञ्जालबाट उक्त गीत सार्वजनिक भएको छ ।
हप्ता दिन अगाडी मात्र चलचित्रले ट्रेलर सार्वानिक गरिएको थियो । चलचित्रको ट्रेलरलाई निकै रुचाईसकेको छ भने सार्वजानिक गीतलाई पनि रुचाईने निर्माण पक्षको दावी रहेको छ । सार्वजानिक गीतमा नायका पल शाह (प्रेम) र नायिका पुजा शर्मा (गीत) लाई फिचरीङ गरीएको छ ।
गीतमा प्रेमले आफ्नो मायाको भाव गीतलाई व्यक्त गर्दै केही सम्झाउने प्रयास गरेको देख्न सकिन्छ । फर फरक लोकेशनमा खिचीएको गीतमा फरक फरक परिवेशलाई प्रस्तुत गरीएको छ । गीतमा नायिका पुजा शर्मालाई सूस्त अर्थात विगत बिसीएको गीतको रुपमा प्रस्तुत गरीएको छ । चलचित्रलाईको गीतलाई संगीतकार तथा गायक अर्जुन पोखरेलले स्वर दिएका छन् । शब्द संगीत पनि उनकै रहेको छ । सुदर्शन थापा निर्मित तथा निर्देशित फिल्म यहि असार ३० गते प्रदर्शन हुनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस