४ दिनमा कमायो नेपाल भर ९० लाख
म यस्तो गीत गाउँछुको उत्साह उस्तै (भिडियो)
म यस्तो गीत गाउँछुको उत्साह उस्तै (भिडियो)

फिल्मी फण्डा । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र म यस्तो गीत गाउँछुको व्यापार अझै आक्रमक देखिएको छ । शुरुको दिन देखी नै चर्चामा रहेको फिल्मले दर्शकको साथ लगातार उत्तिकै रुपमा पाईरहेको छ । चलचित्रे शुक्रवार र शनिवार गरेर राजधानीमा ४० लाख रुपैयाँ कमाएको छ । राजधानीमा चलचित्रको कूल व्यपार दुई दिनमा १ करोड क्रस भएको वितरक गोपाल काजी कायस्थले बताएका छन् । त्यसबाट कर १३ प्रतिशत सहित हलको पचास प्रतिशत, वितरकको १५ प्रतिशत र हल हलमा फिल्मको शो गरेको सर्भर चार्ज तथा अन्य खर्च घटाउँदा निर्माताको हातमा ३३ देखी ३५ प्रतिशत बाँकी रहन्छ ।
यो सबै गरेर शुक्रवार र शनिवारबाट निर्माता सुदर्शन थापा र पुजा शर्माको हातमा पर्ने रकम भनेको ४० लाख मात्रै हो । राजधानी बाहिर वितरक मनोज राठीका अनुसार फिल्मले शुक्रवार र शनिवार ४५ लाख माथिको कारोवार गरेको हो भने निर्माताको भागमा १५ लाख मात्रै हात परेको हो । अन्य कतिपय मिडियाले हिसाबको वारेमा सत्यता नराखी करोडौंको व्यापार देखाए जुन गलत छ । आईतवार फिल्मले राजधानीमा ४० लाख माथीको कारोवार गरेको छ भने राजधानी बाहिर ३५ लाख माथिको कारोवार गरेको छ । यस्तै सोमवार राजधानीमा २० लाख माथिको कारोवार गरेको र राजधानी बाहिर १५ लाख माथिको कारोवार गरेको वितरकद्धय मनोज राठी र गोपालकाजी कायस्थको अनुमान छ । यस अनुसार आईतवार र सोमवार फिल्मले कुल १ करोड भन्दा बढीको व्यापार गरेको छ । जस मध्ये निर्माताको भागमा ३० देखी ३५ लाख मात्रै हात पर्नेछ ।
एकमुस्तमा हाल सम्म म यस्तो गीत गाउँछुले झण्डै ३ करोडको व्यापार गरेको छ भने निर्माताको भागमा पर्ने रकम ९० लाख देखिएको छ । वितरकहरुले दिईएको स्रोत अनुसार हाल सम्म सुदर्शन थापा र पुजा शर्माले पाउने रकम भने ९० लाख मात्रै हो । देशभरका हलहरुमा म यस्तो गीत गाउँछु अहिलेपनि उत्साहका साथ प्रदर्शन भईरहेको छ भने फिल्मका टिम सुदर्शन थापा, पल शाह र पुजा शर्मा काठमाडौं बाहिरका हलहरुमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका छन् ।
नेपालमा बक्स अफिस लागु भएको छैन । जस कारण सिनेमाले यकिन यतिनै कमाएको हो भने प्रष्ट छैन । नेपालका वितरकहरुका अनुसार मनलाग्दी व्यापार प्रतस्तु गरेको पाईन्छ । यस अघिका हिट भएका केही फिल्महरुले पनि करोडौं व्यापार गरेको समाचार बाहिरीएको थियो भने अन्तमा पैसा हात पर्दा साँवा मात्रै फिर्ता आएको र कतै फिल्म उल्टो नोक्सानमै रहेको उदाहरणहरु धेरै छन् । कुन हलमा कति सिट संख्या छ र दिनमा कति शो भयो । उक्त शोको प्रति व्यक्ति कति रुपैया हो, बुझ्दै नबुझि केही संचार माध्यमले हचुवामै करौडौंको व्यापार भएको गलत समाचार सम्प्रेषण तथा प्रशारण गर्दा पछि गएर निर्मातालाई मात्रै हैन आम पाठक र दर्शकहरुलाई पनि कुन यथार्थ हो बुझ्न गाहे हुन्छ ।
यसरी नै म यस्तो गीत गाउँछु ले २ दिनमै ३ करोड कमायो भने समाचार माध्यमले न त निर्मातालाई रकम नै दिनुपर्छ न त सरकारलाई कर । त्यसैले पनि बुझ्दै नबुझि हचुवामै आफै जोड घटाऊ गर्ने गर्छन् ।
देशभरी बाट सायद २ ले अहिले सम्म पनि निर्माताको भागमा रहने गरी १५ लाख रुपैयाँ कमाउन सकेको छैन भने म यस्तो गीत गाउँछु ले ९० लाख कमाएको छ । छक्का पञ्जा पछि सुस्ताएका सबैहलहरुलाई म यस्तो गीत गाउँछुले गतिलै राहत प्रदान गरेको छ । अहिले सम्म कुनै रेकर्ड ब्रेक गर्न नसके पनि छक्का पञ्जा पछिको यो बर्षको अहिले सम्मको सुपरहिट फिल्म हो म यस्तो गीत गाउँछु ।
शुरुको दुई दिनको रिपोर्ट भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस