छक्का पञ्जा २ को ‘ए दाजु नसमाऊ नाडीमा’ (भिडियो)

फिल्मी फण्डा । सुपरहिट फिल्म छक्का पञ्जा को सिक्वेल फिल्म छक्का पञ्जा २ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ‘ए दाजु नसमाऊ नाडीमा’ बोलको गीत सार्वजनिक गरेको हो । असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा २’ मा अल्मोडा राना उप्रेतीको संगीत रहेको छ भने गीतमा अल्मोडा र सुजता बर्माको स्वर छ ।
शब्द प्रिन्स र दिपकराज गिरी मिलेर लेखेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल फिचरिङ छन् । गीतलाई दिर्घ गुरुङले खिचेका हुन् ।
दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ मा गीतमा देखिएका कलाकारको साथै प्रियंका कार्की र बुद्धि तामाङको अभिनय रहेको छ । दिपकराज, दिपाश्री निरौलाको समुहसँग निर्माता विकास राज आचार्यले पनि लगानीमा सहकार्य गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस