• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

डि सिने अवार्डको तयारी अन्तिम चरणमा
कलाकारलाई सम्मान, पत्रकारलाई पुरस्कार

  • 2017-07-03 
  • प्रकाशित

    Spread the love

     

    फिल्मी फण्डा । नवौ छायाँछबी डि सिने अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । अवार्ड यहि असार २२ गते हेटौंडामा सम्पन्न हसन गईरहेको छ । अवार्डको मिती नजिकिदै गर्दा सबै तयारी सम्पन्न भएको आयोजक सस्थाका अध्यक्ष शान्तिप्रियले बताएका छन् । अवार्ड सम्मान कार्यक्रम र पुरस्कार पनि प्रदान गरिने संस्थाले जनाएको छ ।

    छायाँछबी डि सिने अवार्ड अन्तर्गत यस पटकको ‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’बाट बरिष्ठ सँगीतकार÷गायक शम्भुजीत बासकोटालाई सम्मान गरिने भएको छ । चार दशक भन्दा लामो समय देखि सँगीत श्रृजनामा लागेर चलचित्र सहित सबै प्रकारका नेपाली संगीतको संरक्षण, प्रवर्धन र विकाशमा अबिरल योगदान पु¥याएकाले बरिष्ठ सँगीतकार बासकोटालाई यो सम्मानबाट सम्मानित गर्न लागिएको हो । बासकोटा एक दर्जन भन्दा बढी चलचित्रका कथाकार, करिब तीन सय ओटा चलचित्रका संगीतकार, चार हजार भन्दा बढी गीतका सँगीत सर्जक, गायक र गीतकार हुन् । नेपाल टेलिभजिन र चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष भईसकेका बासकोटा हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हुन् ।

    यस्तै ‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’बाट पुरुष तर्फ अभिनेता सरोज खनाल र महिलातर्फ अभिनेत्री रुपा रानालाई सम्मानित गरिने भएको छ । तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्रबृत्तमा क्रियाशिल यी दुबैले अभिनेता अभिनेत्रीका रुपमा चलचित्र बिजय पराजयबाट अभिनययात्रा सुरु गरेका हुन् । यी दुबै कलाकार तीन दशक देखि रँगमञ्च तथा सनोपर्दाका चलचित्रमा पनि सक्रिय छन् ।
    यस्तै यो वर्षको ‘छायाँछबी चलचित्र पत्रकारिता पुरस्कार–२०७४’बाट पत्रकार लक्ष्मण सुवेदीलाई पुरस्कृत गरिने भएको छ । डेढ दशकदेखि पत्रकारितामा निरन्तर लागेका सुवेदी चलचित्र तथा मनोरञ्जन विटमा कलम चलाउँछन् । हाल नयाँ पत्रिकामा बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत सुवेदीलाई ९ हजार ९ सय ९९ रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिने भएको छ । छयाँछबी यस पटक नवौं वर्षमा प्रवेश गरेकाले उनलाई पुरस्कार स्वरुप ९ हजार ९ सय ९९ रुपैयाँ प्रदान गर्न लागिएको हो ।

     


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073