फिल्म नपाएपछि भिडियोमा जीवन

फिल्मी फण्डा । एकताका चर्चित नायक हुन् जीवन लुईटेल । हाल उनलाई सिने नगरी अझ भनु फिल्ममा देख्नै छाडेका छन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र सुब्बा साव साफ नै भएको थियो । त्यसपछि जीवनलाई कुनै फिल्ममा देख्न पाएको छैन । यसो त जीवन फिल्म पाउन छोडेपछि अमेरिका बस्दै आएका छन् र फुर्सदका समयमा म्युजिक भिडियोमा काम गर्ने गरेका छन् । नेपालका स्टार कहलिएका कलाकारहरुको सिने यात्रा यसरी छोटिदै जाँदा जीवनलाई मात्र हैन सबैलाई घाँटा हुनसक्छ ।
यस्तो हुनुमा नेपाली कलाकारको नै दोष रहेको छ । आफुलाई समय अनुकुल परिवर्तन गर्न नसक्नु र आफ्नो क्रेजलाई जोगाउन नसक्नु । यसकै शिकार जीवन पनि एक हो । अचेल उनले फिल्म पाउन छोडेपछि म्युजिक भिडियोमै चित्त बुझाउनु परेको छ । हालै जीवन लुईटेलले अभिनय गरेको एक भिडियो सार्वजनिक भएको छ । ‘चोखो छ माया’ बोलको गीतको भिडियोमा जीवनसँग अमेरिकामा नै रहँदै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोलाई श्याम भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ । तमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द छ । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस