लिलाको विशेष छौ सार्वजानिक

फिल्माी फण्डा । बर्ष २०७४ को प्रतिक्षित चलचित्र ‘लिला’को ‘साचै बिषेश छौ ’बोलको दोस्रो गीत सार्वजनिक भएको छ । बलिउडमा एक छत्र राज गर्न सफल नेपाली गायक उदित नाराय झाको स्वर रहेको गीतमा शब्द डा।कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको रहेको छ ।
गीत अभिनेत्री मलिना जोशी र राज कटुवाल माथी फिचरिङ गरिएको छ । रोमान्टिक शैलीको गीतमा मलिना र राजले पनि रोमान्टीक अभिनय गरेका छन् । गीतमा राजले मलिनाको सौदर्यताको बयान गर्दै आफ्नो लागि उनी बिषेश भएको चर्चा गरेका छन् । गीतको आकर्षक लोकेसनमा छायाँकन गरिएको छ ।
चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्र ३० भदौमा रिलिज हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस