• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

म यस्तो गीत गाउँछु को उत्साह
देशैभर ८० प्रतिशत अकुपेन्सि (भिडियो)

  • 2017-07-14 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र म यस्तो गीत गाउँछु ले पहिलो शो बाट ९० प्रतिशतको अकुपेन्सि कायम गर्दै पहिलो दिन ८० प्रतिशत अकुपेन्सि कायम गरेको छ । राजधानीका अधिकांश हलहरु हाउसफुल र ओभर फ्लोमा थप हलमा समेत म यस्तो गीत गाउँछु लगाउँदा काठमाडौं बाहिरका केही स्थानका हलहरुमा औसत व्यापार रह्यो जस कारण ८५ प्रतिशत अकुपेन्सि कायम भएको छ ।
    चलचित्रको ओपनिङ व्यापारको वारेमा बुझ्दा चलचित्र वितरक गोपाल काजी कायस्था र निर्माण पक्षले ९८ प्रतिशत अकुपेन्सि भनिएता पनि देश भरको अवस्था भने ८५ प्रतिशतमा सिमीत हुन पुगेको हल संचालकहरुले बताएका छन् ।
    सम्रग रुपमा यो व्यापार अहिले सम्मको नेपाली फिल्महरुको भन्दा माथि रहेको छ । काठमाडौंका सबै सिंगल थिएटर हाउसफुल रह्यो भने मल्टिप्लेक्समा ७५ प्रतिशत अकुपेन्सि रह्यो ।

    कतिपय हलमा थप हलमा समेत शो राखेका थिए तर मूख्य शहर बाहेकका काठमाडौं बाहिरका अन्य हलहरुमा भने औसत व्यापार रह्यो जस कारण देशभरको व्यापारमा ८५ प्रतिशत अकुपेन्सि कायम भएको काठमाडौं बाहिरका हल संचालकहरुले बताएका छन्

    काठमाडौं बाहिरका वितरक मनोज राठीको भनाई अनुसार १०० प्रतिशत अकुपेन्सि रहेको बताएका छन् । तर सर्लाही, धरान, पोखरा, नारायणगद, धादिङ, नेपालगञ्ज लगायतका हल संचालकका अनुसार अकुपेन्सि फरक भएको हो । पूर्वका वितरक तथा हल संचालक चैतन्य बरालका अनुसार अन्य फिल्मको तुलनामा म यस्तो गीत गाउँछु निकै माथि रहेको छ । तर निर्माण टिमले भने जस्तै ९८ प्रतिशत अकुपेन्सि भने नरहने बताएका छन् । उनले व्यापार अन्य फिल्म भन्दा दुई तिहाईले बढी भएको बताएका छन् ।

    म यस्तो गीत गाउँछु लाई निर्देशक सुदर्शन थापाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।
    सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । निर्देशक सुदर्शन थापाले दिनेश न्यौपानेसँगको सहकार्यमा पटकथा लेखेको हुन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल
    वर्षाले साइन गरिन् फिल्म ‘कालिपुरुष’
    म​ण्ड​लामा ‘अर्को अर्थ​ न​लागेमा’को त​यारी

    Recent Posts

    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)
    • सञ्चारकर्मी बिष्णु ठकुरीको ‘मन फाटेपछी’
    • भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    • पल र गरिमाको ‘टिकटक क्वीन: सुपरम्यान’ मा रोमान्स
    • थिरसगँ अन्जुको दोस्रो विबाह
    • विज्ञान र गरिमाको ‘मैना’ (भिडियो)
    • कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    • ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073