आरकेको अर्को अर्वाड तयारी, पृथ्वी परिक्रमा अवार्ड २०७४ बेलायतमा

फिल्मी फण्डा । गिनिजबुकमा नाम लेखाउन सफल पत्रकार आरके सुवेदी (राम बहादुर सुवेदी) ले विश्व परिक्रमा गर्ने अर्को अर्वाडको तयारी गरेका छन् । उनले पृथ्वी परिक्रमा अवार्ड २०७४ बेलायतमा आयोजना गर्ने भएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुप र बेलायतमै बिगत्त २० बर्ष देखि बस्दै आएका तथा नेप्लिज आर्टिस एसुसेसन युकेको पुर्व माहासचिव सुरेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा बिदेशमा बसेर देशको कला, संस्कृत र सामाजिक विकासको लागी योगदान गर्ने बढीमा ५१ जना ब्यक्तिहरुलाई आगामी नोभेम्बरमा लन्डनमा आयोजना हुने पृथ्वी परिक्रमा अवार्डू द्वारा सम्मानित गरिने भएको छ ।आज काठमाडौं रेस्टुरेन्ट नर्थफिल्ड्, लन्डनमा आयोजित एक पत्रकार सम्मेलनमा बक्स अफिसको तर्फबाट राम बहादुर सुवेदी ९आर।के०तथा सुरेन्द्र प्रसाद श्रेष्ठका बीच कानुन बिद्ध राजु थापाद्वारा तयार गरिएको एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त संस्थाको हक हित तथा कानुनी परामर्शका लागि राजु थापा, प्रचारप्रसार का लागि नवीन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम र सुरेश श्रेष्ठले सहयोग गर्ने भएका छन भने उक्त अवसरमा बिरेन्द्र श्रेष्ठको,सबिना खाइतु,रेनु अधिकारीको समेत सहभागिता रहेको थियो ।
जापान पछि नोभेम्बरमा बेलायत ,क्यानाडा ,बेल्जियम अस्ट्रेलिया र थाइल्यान्ड गरि आर्थिक बर्ष २०७४ मा ६ वोटा देशमा यो बर्ष परिक्रमा अवार्ड सम्पन्न गरि कर्मिक रुपले गर्दै सुबेदिले २० बर्ष भित्र संसार भरिनै अवार्ड आयोजना गरेर अनौठो वर्ड रेकर्ड कायम गर्ने चाहना राखेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस