फिल्म रुद्रप्रियाको अडियो गीत सार्वजनिक (अडियो)

फिल्मी फण्डा । सुपरस्टार रेखा थापा र नायक आर्यन सिग्देलले ८ बर्ष पछि सँगै काम गरेको फिल्म रुद्रप्रियाको अडियो गीत सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालबाट रुमाल चिनो देऊ बोलको गीत सार्वजनिक गरिएको हो ।
रुमाल चिनो देउ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ । गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज रहेको छ ।
फिल्म ‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् भने निर्माताको रुपमा सरस्वती थापा र रमेश एमके पौडेल रहेका छन् । संजय लामाको छायाँकन रहेको फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियो यही साउन १८ गते रिलिज हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस