• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

कहिले सम्मका लागि मिले रेखा र आर्यन ?
आयो रुद्रप्रियाको फस्ट लुक (भिडीयो)

  • 2017-07-24 
  • प्रकाशित

    Spread the love

    विनिशा भण्डारी

    फिल्मी फण्डा । पहिले सँगै फिल्म गरेर निकै नै चर्चा कमाएको जोडी मध्ये रेखा आर्यन एक जोडी हो । फिल्म गर्दै जाँदा एक अर्कामा स्टारडमको घमण्ड बढेपछि दुबैले एक अर्कोलाई आफुले गर्दा फिल्म चलेको कुराहरु दावी गरे । दुईको विवाद मिडियामा ठूलो काण्डको रुपमा प्रचार भयो । रेखाले आर्यनसँग बोलचाल बन्द गरे र आर्यनलाई आफुले फिल्म क्षेत्रमा ल्याएको दावी गरे । आर्यनले त्यसको खण्डन गर्दै रेखासँग काम नगर्ने बताएका थिए । तर पछिल्लो समय दुबैको स्टारडम सकिदै गए । दुबैको फिल्म खासै चल्न सकेन र अन्तिममा यी दुई जोडी एकै ठाउँमा काम गर्ने निर्णय भयो । तर कहिले सम्मको लागि यी दुईको सम्बन्ध ? अर्थात के चल्ला त फेरी पहिले जस्तै यी दुई अभिनित फिल्म ? 

    ८ वर्ष पछी सँगै काम गरेका रेखा थापा र आर्यन सिग्देलको जोडी अब कार्तिक २ गते पर्दामा आउँन तयार भएको छ । नेपाली सिने क्षेत्रमा धेरै विवादहरुलाई साम्य बनाउँदै अब यी दुई अभिनित फिल्म रुद्रप्रिया लक्ष्मीपुजालाई टार्गेट बनाएर प्रदर्शन हुने तरखरमा छन् । अब यो जोडीका फ्यानले रेखा र आर्यनसँगै तिहारको रमझम साट्नेछन् । सुदीप बबी भूपाल सिंहको निर्देशनमा बनेको सिनेमा ‘रुद्रप्रिया’को सोमवार तिन पोस्टर सार्वजनिक गरिएका छन् ।

    एक पोस्टरमा झोला बोकेकी रेखा र आर्यन साधारण रुपमा प्रस्तुत भएका छन् । नारी प्रतिनिधित्व गर्ने टाइटलका लागि रेखाको सोलो पोस्टर पनि तयार पारिएको छ । जहाँ रेखाले पछ्यौराले आफ्नो एक आखाँ छोपेकी छन् । र तेस्रो पोस्टरमा पनि पछ्यौराले आखाँ छोपेकी रेखाले आर्यनको हात समातेकी छन् । भने, आर्यनले निलो छाता समातेका छन् । फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, सुरेश अधिकारीको संगीत, संजय लामाको छायाँकन, पटकथा रुबी सेन र निर्देशक स्वयम्को छ । ‘रुद्रप्रिया’मा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । सिनेमामा रेखा र आर्यनसँगै राजन इशान, विश्व बस्नेत लगायतका कलाकारको अभिनय छ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    बरुण धवन र नताशा दलाल बिहे गर्दै
    फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुदै
    क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ
    सरकारले सिनेमा हल खोल्ने निर्णय
    साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु
    फिल्म क्षेत्रलाई चलाएमान बनाउन मिलेर जानुको विकल्प छैन

    Recent Posts

    • बरुण धवन र नताशा दलाल बिहे गर्दै
    • सुधिर र समिक्षाको ‘माया तिरिरीरी'(भिडियो)
    • फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक
    • विनय र विनिताको स्वरमा ‘जुनि बिताउँला'(भिडियो)
    • अविनाश र अनिताको ‘तिनपाने’ (भिडियो)
    • नाजिर र उषाको ‘दिलमा फोटो’ रोमान्स
    • चर्चित र्यापर यमबुद्धको सम्झनामा सुनिल गिरीले ‘ल्याए शब्दहरु'(भिडियो)
    • संचारकर्मी बिनाको निर्देशनमा ‘न्याय मरेको देश’ (भिडियो)
    • रुपकसिंह र आयुष्माको ‘मिस्सिएर दुईटा खोला’ (भिडियो)
    • सीमा संग्रौलाको ‘उड्नु छ ‘ (भिडीयो)

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073