किन जम्दैन सौगात र अर्पणको साथ ?

फिल्मी फण्डा । प्राय सौगात मल्ल र अर्पन थापा अभिनित चलचित्रहरु सफल भएका छैनन् । यी दुईको साथ खासै जमेको देखिदैन । जहाँ यी दुईको अभिनय देखिन्छ त्यो फिल्म दर्शकको लागि अपेक्षित हुन्छ तर सफल भने हुदैन ।
के कारण यी दुईको चलचित्र नजमेको हो त त्यो त दर्शकहरुले मूल्याङन गर्ने हो । र पनि यी दुई फेरी एक पटक एउटै फिल्ममा देखिने भएका छन् ।
यी दुईले सँगै काम गरेका चलचिहरु बधशाला, मुखौटा, लप्पन छप्पन, छड्के, र निभ्न लागेको दियो कुनै पनि व्यवसायिक रुपमा सफल चलचित्र भने होईन । तर पनि नयाँ निर्माण हुन लागिएको चलचित्र जोजोमा यी दुई कलाकार सँगै देखिने भएका हुन् । निर्देशक मुकुन्द भट्टले यी दुईलाई मुख्य भूमिकामा अनुवन्धित गर्दै जोजो नामक फिल्म निर्माणको घोषणा गरेका छन् ।
के यो चलचित्रबाट यी दुईको जोडी जम्लान् त रु त्यो भने चलचित्रलाई प्रतिक्षा गर्नुपर्ने हुन्छ । जोजोमा यी दुईको साथमा देबु लामा र नविन शाह पनि हुनेछन् । यो चलचित्र कार्तिक अन्तिम साताबाट फ्लोरमा जाने छ भने फिल्मलाई युरोपको स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस