सुस्मितालार्इ बहिस्कार गर्ने संघकाे निर्णय

फिल्मी फण्डा । पत्रकार धम्काउने निर्माता तथा नायिका सुस्मिता बम्जन (केसी) लार्इ चलचित्र पत्रकार संघ नेपालले ३ दिन भित्र लिखित र माैखिक स्पष्टीकरण नदिए बहिस्कार गर्ने निर्णय गरिएकाे छ । मंगलवार बेलुका देखि सुस्मिताले चलचित्र पत्रकार संघका कार्यसमिती सदस्य उत्सब रसार्इलीलार्इ अपशब्द प्रयाेग गरि गाली गलाैज गरेकी थिर्इन् । उनले पत्रकार उत्सब माथि जातिय र लैगिंक प्रश्न खडा गरि गाली गलाैज गरेकी थिर्इन् ।
पछिल्लो समय सुस्मिता केसीले विभिन्न मिडियाकर्मी र चलचित्र कर्मीहरुलाई गाली गलौजहरु गरिरहेकी छिन । के कारण उनले लगातार यसरी गालि गलौजहरु पञ्स्तुत गरिरहेकी छिन । चलचित्र म यस्तो गीत गाउँछु रिलीज भएदेखी शुरु भएको सुस्मिताको हर्कतलाई कतिपयले पागलको संज्ञा दिएका छन ।
उनले उत्सब रसाईलीको साथै अर्का पत्रकार स्वस्तिका चिलुवाललाई पनि गाली गलौज गरेकी छिन । उनले अब तीन दिन भित्र स्पष्टीकरण दिने हुन की हैनन त्यो भने तीन दिन भित्र थाहा हुनेछ । तर तीन दिन भित्र उनले आममाफि र स्पष्टीकरण दिईनन भने सम्पुर्ण चलचित्र पत्रकारहरुले उनीसँग सम्बन्धित कार्यक्रम र उनलाई बहिस्कार गर्न अनुरोध गरिएको छ ।
हेर्नुहोस यो विज्ञप्ती :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस