फिल्म ‘दोषी को ?’ बन्दै

फिल्मी फण्डा । नेपाली फिल्म दोषी को ? बने भएको छ । राजधानीमा एक शुभ मूर्ह कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले शो जानकारी गराईएको हो । निमा लामा तामाङको निर्देशनमा बन्न लागेको चलचित्रको मैपी मन्दिरमा शुभमुहर्त गरिएको हो । सडक बालबालीका र प्रेम कथा मिश्रीत चलचित्रको छायांकन भदौ पहिलो साताबाट हुने जनाइएको छ ।
गोपी अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता दिनेश केसी रहेका छन् । करण थापाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा सुवास नेपाली, सपना लामा, करण थापा मगर, गणेश रसाइली, सन्तोष स्वनाम लगायत कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । विश्वास भण्डारीको छांयाकन रहने चलचित्रको नृत्य निर्देशक रमेश रेग्मी रहेका छन भने बिरबहादुर लामाको द्वन्द निर्देशन रहने छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस