पशुपतिमा फूल बेच्न तयार हुदै केकी (भिडियो)

फिल्मी फण्डा । नेपाली फिल्ममा अब्बल नायिका मध्येकी एक नायिका हुन् केकी अधिकारी । उनको कामको प्रया सबैले प्रशंसा गरेकै हुन्छन् । तर फिल्ममा उनी राम्रोसँग स्थापित हुन सकेनन् अर्थात उनले अभिनय गरेकी सबै फिल्महरु प्राय बक्स अफिसमा अब्बल भएका छैनन् । बलै संचारकर्मी दिेप्द्र लामाले निर्देशन गरेको घामपानी भने बक्स अफिसमा अब्बल ठहरिए । केकी निरन्तर फिल्म मै सक्रिय छिन् । हालै भने उनले पशुपतिमा फूल बेच्ने तयारी गरिरहेकी छिन् । उनले फिल्म हुर्रे को लागि सो तयारी गरिरहेकी हुन् ।
स्क्रिप्ट राईटर यम थापाले नयाँ फिल्म ‘हुर्रे’ निर्देशनको घोषणा गरेका छन् । फिल्ममा यमले अभिनेत्री केकी अधिकारीलाई दोह¥याएका छन् । यसअघि यमको ‘राज्जा रानी’मा केकीले अभिनय गरिसकेकी छन् । केकीका अलावा सिनेमामा अनुपविक्रम शाही, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत, उपदेश तिमल्सेनाको अभिनय रहनेछ । द याक्का इन्टरटेनमन्टको प्रस्तुतीमा निर्माण हुन लागेको लगानी सोनम लामा व्लोन र छिरिङ दोर्जे लामा को रहनेछ । डार्क कमेडी जनरामा बन्ने फिल्मको कथा निर्देशक स्वयमले लेखेका हुन् । भदौ दोस्रो साताबाट छायाँकनमा उत्रिने फिल्मलाई शिव ढकालले खिच्नेछन ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस