फ्राईडे रिलिज-संरक्षण

फिल्मी फन्डा। फ्राइडे रिलिज अन्तर्गत पुर्नेन्दु झा निर्देशित फिल्म संरक्षण आजबाट प्रदर्शन भएको छ। फिल्मलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन।
मधेशको कथालाई मुख्य बिषय बनाएर निर्माण भएको फिल्मले मधेश मुद्वालाई सम्बोधन गर्ने निर्माण पक्षको भनाई छ। चितवनमा गरेको प्रिमियर शो मा फिल्मलाइ सबैले रुचाएको थियो। शुक्रवार राजधानीमा निर्माण पक्षले मिडियालाई फिल्म देखाईएको थियो। फिल्म हेरिसकेपछि सबैले राम्रो भएको प्रतिक्रिया दिएका छन।
मल्टिस्टार रहेको फिल्म दर्शकहरुको आशाको फिल्म पनि हो। आजबाट देशभर ८० भन्दा बदि हलहरुमा लागेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, आशिश्मा नकर्मी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस