पलको ह्याट्रिक फिल्म ‘जोनी जेन्टलम्यान’ को ट्रेलर रिलिज

फिल्मी फण्डा । भदौ ३० गतेलाई रिलिज मिती तय गरेको फिल्म जोनी जेन्टलम्यानको प्रोमो रिलिज गरिएको छ । फिल्मको प्रमोमा पल शाह र आचँल शर्मालाई फिचरिङ गरिएको छ भने पललाई एक्सन र रोमान्सको मिश्रित प्याकेजमा देख्न सकिन्छ । ‘म यस्तो गीत गाउँछु’ पछि पल शाहको तेश्रो फिल्म हो ‘जोनी जेन्टलम्यान’ ।
लगातार २ वटा हिट फिल्म दिइसकेका पलको तेश्रो फिल्म जोनी जेन्टलम्यान प्रतिक्षित फिल्म हो । फिल्ममा पल शाह ‘जोनी’ को भूमिकामा र आँचल शर्मालाई ‘श्री’ को भूमिकामा देख्न सकिन्छ । फिल्मको रिलिज डेट नजिकिदै गरेपछि टिमले आफ्नो प्रचारप्रसार सुरु गरेको हो ।
नितिन चन्दद्वारा र्निदेशित फिल्ममा एनड्रिउ पौडेल र अजय मल्लको लगानी रहेको छ । फिल्ममा पल शाह र आँचल शर्मा लगायत विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस