स्वेता खड्का दयाहाङको कान्छी बन्दै

फिल्मी फण्डा । स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी अर्थात नायिका स्वेता खड्का नायक दयाहाङ राईको कान्छी बने भएकी छिन् । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्म कान्छीको घोषणा गरिएको थियो । जसमा नायक दयाहाङको कान्छीको रुपमा नायिका स्वेता खड्का रहनेछिन् ।
फिल्मको औपचारिक घोषणा कार्यक्रमबाटै फिल्म कान्छी युनिटले बाढी प्रभावितको लागि एक लाख पाँच हजार रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन् । भदौ देखि छायाँकन सुरु हुने कान्छी माघको २६ गतेबाट प्रदर्शनमा आउँने समेत जानकारी गराईएको छ । फिल्मका निर्मात्री भने कान्छी अर्थात स्वेता खड्का आफै हुन् । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि श्वेताले पहिलो पटक कान्छी बनाउन लागेकी हुन् । श्रीकृष्ण र श्वेताको निर्माण तथा अभिनय रहेको ‘कोहिनूर’ ले दर्शकको मन जितेको थियो । यम थापाको स्क्रिप्ट, पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्ममा शम्भुजित बाँस्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत रहनेछ । कलाकारहरुमा श्वेता र दयाहाङसँगै निर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय रहनेछ । कान्छीको छायाँकन मनाङ, मुस्ताङ र पोखरा मा हुनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस