वीर बलभद्र कुँवरको कथामा ‘नालापानी’ बन्ने

फिल्मी फण्डा । फिल्म नालापानी बन्ने भएको छ । वीर बलभद्र कुँवरको कथामा नालापानी बन्न लागेको हो । राजधानीमा एक कार्यक्रम गर्दै रिमेश अधिकारीले निर्देशन गर्ने ऐतिहासिक घटनामा बन्ने फिल्म नालापानी घोषणा गरिएको होे । सन् १८१६ मा ब्रिटिश अंग्रेजले आफ्नो साम्राज्य फैलाउने क्रममा नेपालको पश्चिम दक्षिणमा रहेको ‘नालापानी‘मा आक्रमण गरेको थियो ।
त्यस बखत नेपालको तर्फबाट सिमित स्रोत साधन र सिपाहीका साथ युद्द मैदानमा उत्रिएका कप्तान वीर बलभद्र कुँवरले पराजय भोगेका थिए । तर, पनि नेपालीले देखाएको वीरता प्रति ब्रिटिश सैनिकले प्रशंशा गर्दै बलभद्र कुँवरको बहादुरी प्रति विश्वभर चेतना फैलाएको थियो । ‘नालापानी‘ मा लगानी ९ करोड पुग्ने निर्माण पक्षले बताइएको छ । फिल्ममा अर्जुन जंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह, विकेश श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी लगायतका कलाकारले अभिनय गर्नेछन् । सम्राट शाक्य कार्यकारी निर्माता रहेको फिल्ममा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । सिनेमाको पटकथा तथा संवाद आशिष रेग्मीले लेखेका हुन् भने रोशन श्रेष्ठ फिल्मका द्धन्द्ध निर्देशक हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस