‘म यस्तो गीत गाउँछु’ लाई बलिउडले गरे कभर

फिल्मी फण्डा । केही समय थियो विदेशी चलचित्रबाट नेपाली चलचित्रहरु साभार गरिने गर्थे । कहिलेकाँही बलिउडका चलचित्रहरुको संगीत जस्ताको तस्तै नेपाली चलचित्रमा कपि गर्ने गरिन्थ्यो । तर अहिले भने ठिक यसको विपरित नेपाली चलचित्रको गीत बलिउडकर्मीले जस्ताको तस्तै संगीतमा कभर गरेका छन् । नेपाली फिल्म प्रेम गीतको सुपरहिट गीत म यस्तो गीत गाउँछु निकै मन परेको कारण शब्द चयन गरि कभर गरेको बलिउडकर्मीले बताएका छन् । अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलको गीत आसामी भाषामा कभर भएको हो ।
‘नोई नोई‘’ बोलको गीतको युट्युब टाइटलमा ‘ट्रान्सलेसन कभर फ्रम नेपाली सङ’ मात्र लेखिएको छ । म यस्तो गीत गाउँछु गीत सम्वन्धि कुनै पनि स्रष्टाको नाम उल्लेख गरिएको छैन । यसै विषयमा संगीतकार अर्जुन पोखरेलले अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएको आपत्ती जनाएका छन् । नेपाली गीतको कभर विदेशीले पहिलो पटक गरेको हो । संगीतकार अर्जुनले भने मुद्धा दायर गर्ने बताएका छन् । नेपाली गीत संगीत पनि विदेशका कलाकर्मीले मन पराउने गरेका छन् भने उदाहरण हो यो घटना ।
‘म यस्तो गीत गाउँछु’
‘नोई नोई…’
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस