उत्कृष्ट पाँच बाट सुजाता आउट (भिडियो)
फिल्मी फण्डा । नेपाल आइडलबाट सुजाता पाण्डे आउट भएकी छिन । स्वदेशसहित विदेशबाट समेत निकै चासोका साथ् हेरिएको यस गायन रियालिटी शो बाट बुटवलकी सुजाता आउट भएकी हुन् । नेपाल आइडलको छायाँकन दिउसै सकिएकाले सुजाता आउट भएको खबर बाहिरिएको हो । टप ५ मध्य ४ मात्र नेक्स्ट राउण्डमा पुगेका छन् । प्रतियोगी निशान भट्टराई , वुद्ध लामा , प्रताप दास , सागर आले , सुजाता पाण्डे मध्य एक आज सुजाता बाहिरिएकी हुन् । आउदो हप्ता टप ३ का लागि निशान , प्रताप , वुद्ध र सागरले प्रतिस्प्रधा गर्नेछन ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस