• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

द्धैभाषामा दि कर्मा घोषणा

  • 2017-08-09 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । थिम पोस्टर सार्वजनिक गर्दै द्धैभाषी फिल्म ’दि कर्मा’ घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो फिल्मलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो फिल्मले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामको प्रतिफल जनाउने यो फिल्ममा मुम्बईका कलाकार दिपक आनन्दको प्रमूख अभिनय रहनेछ । बलीउड तथा दक्षीण भारतिय फिल्ममा सक्रिय रुपमा काम गरिरहेका दिपकले लभ सब प्यार व्यार, अञ्जान, ह्यांग टिल डेथ लगायतका टलीउड फिल्मतथा मराठी फिल्म र विज्ञापनहरुमा अभिनय गरेका छन् । यो फिल्ममा दिपक भारतबाट नेपाल आई सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन् ।

    भाद्र महिनाभित्र मुहर्त गरिने यो फिल्ममा अर्का कलाकार करण आहुजाको पनि महत्वपूर्भ भूमिका रहनेछ । भारतको दिल्लीका बासिन्दा करण फिल्मको दोश्रो प्रमूख कलाकारको रुपमा रहनेछन् । करण भारतका सफल मोडल हुन् । उनले टलीउड फिल्ममा पनि काम गरिरहेका छन् । फिल्ममा नेपाली कलाकार क्षितिजा शाक्यको पनि अभिनय रहनेछ भने नायिकाको भने छनौट भईसकेको छैन । जय मिडिया म्यानेजमेन्ट प्रोडक्शनको ब्यानरमा बन्ने एक्शनप्रधान फिल्म दि कर्माको छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा हुनेछ । २०७४ भित्रै रिलीज लक्ष्य राखिएको यो फिल्म कार्तिक तेश्रो हप्ताबाट छायांकनमा जानेछ । जय राज रोएको कथामा रहेको यस फिल्मलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । जय राज रोए र निशा खतिवडा निर्माता रहेको यो फिल्म द्धैभाषा अर्थात नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि फिल्मको प्रदर्शनी गरिने निर्माता रोएले बताए ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    ‘आँधी तुफान २’ निर्माण घोषणा
    चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ

    Recent Posts

    • ‘आँधी तुफान २’ निर्माण घोषणा
    • चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन
    • प्रकाश र आभाको ‘मुटु भरीको माया’ (भिडियो)
    • चलचित्र पत्रकार संघ नेपालको सुनसरी शाखा गठन
    • फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’
    • आर्यन र उपसना लिएर ‘मिरर’ बनाउँदै कविराज
    • फिल्म पाइरेसी गर्ने लमजुङका सुजन परियार पक्राउ
    • फिल्म गोर्खा वारियर २ को निर्माण घोषणा
    • गायिका शोभा न्यौपानेको ‘हाम्रो कालापानी’ सार्वजनिक (भिडियो)
    • नातिकाजी पत्रकारीता पुरस्कारबाट फिल्म पत्रकारद्धय विदुर र श्याम पुरस्कृत

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073