दीपिका टार्गेट ‘ऐश्वर्य’

फिल्मी फण्डा । चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर र गीत सार्वजनिकसँगै अहिले फिल्मको पोष्टर पनि सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा दीपिका प्रसाइलाई मूख्य टार्गेट गरिएको छ । नायक रमेश उप्रेती र कलाकार प्रशान्त ताम्राकार को यूद्ध दीपीकाको लागि हुने अर्थ पोष्टरले दिन खोजिएको छ । चलचित्रमा अर्की नायिका केकी अधिकारी पनि छिन् । तर, यसको निर्माणपक्षले केकीलाइ पोष्टर, टिजरबाट लुकाएको छ भने दीपिकालाइ हाइलाइट गरेको छ । चलचित्रमा दीपिका सुपर मोडलको भूमिकामा देखिएकी छिन् । दिवाकर भट्टराइ निर्देशित चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाइ र प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन् । यो पोष्टरलाइ टौवा क्रियसनले डिजाइन गरेको हो । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माताको रुपमा छन् सुदिप बरालले छायांकन गरेको चलचित्रको कार्यकारी निर्माता निर्मल शर्मा हुन् । कलाकार तथा प्रस्तुतकर्ता रमेश उप्रेतीले गीत र टिजरबाट पाएको प्रतिक्रियाले आफूहरु अत्यन्त उत्साहित भएको बताए । कात्तिक ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस