ऋषि धमलाको फिल्ममा पत्नी हिरोइन

फिल्मी फण्डा । सञ्चारकर्मी ऋषि धमलाले फिल्म निर्माण गर्ने भएका छन् । पत्रकारितामा व्यस्त धमलाले आफ्नो पत्नीको ईच्छा पुरा गर्न र फिल्म क्षेत्रको वारेमा बुझ्न फिल्म निर्माण गर्न लागिएको बताएका छन् । छोरी एरिकाको नाममा प्रोडक्शन हाउस खोली पत्नी एलिजा गौतमलाई निर्माता र नायिकाको रुपमा प्रस्तुत गर्दै फिल्म अनुराग निर्माण गर्न लागिएको हो । एलिजा गौतम फिल्मकी हिरोइन बन्ने भएकी छिन् ।
दुई सन्तानकी आमा एलिजा सँगै फिल्ममा मोडल दिपक घिमिरेको पनि मूख्य भुमिका रहनेछ । सत्यराज चौंलागाईंको डेब्यु निर्देशन रहने फिल्म ‘अनुराग’ मा निर्मल शर्मा, रुपा राना, सरोज खनाल लगायतको मूख्य भुमिका रहनेछ । फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ । फिल्मको बजेट करिब एक करोड बताइएको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस