आखिँझ्यालमा बस्यो सलोन र करिश्माको माया

फिल्मी फण्डा । फिल्म बाबु कान्छाको गीत सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र बाबु कान्छा निर्माण पक्षले आँखी झ्यालैमा बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सलोन र करीश्माको प्रेम आँखी झ्यालमा देखाइएको छ । शोभित बस्नेतको निर्देशक रहेको हिट फिल्म कर्णविरको आँखी झ्यालैमा बोलको गीतलाई रिमिक्स गरेर बाबुकान्छामा राखेको निर्देशक शोभित बस्नेतले बताए ।
गीतलाई ओम सुनारले रिमिक्स गरेका हुन् । जसमा मेलिना राई, सलाने बस्नेत र ओम सुनारको स्वर रहेको छ । गीतमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, रोहित श्रेष्ठ लगायतलाई फिचरिङ गरिएको छ । गतिमा टंक बुढाथोकीको संगीत रहेको छ । शोभित बस्नेत आफैले निर्देशन गरेको फिल्ममा दिपेन्द« तिमिलसिनाको कोरियोग्रफी रहेको छ भने अष्ट मर्हजनको द्वन्द्घ रहेको छ । फिल्म मंसिर १५ गतेबाट अल नेपाल रिलिज हुने निर्माण पक्षको दावी रहेको छ । सलोन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत सगैँ करिश्मा श्रेष्ठ, रोहित श्रेष्ठ निर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट साप्कोटा, गीता अधिकारी, लय संग्रौला, मन्जु पौडेल, सुसान्त कुमार श्रेष्ठ, ज्योत्सना मर्हजन, अस्लिन ज्ञवाली आदि रहेका छन् । फिल्ममा लक्ष्मण शेषको पनि संगीत रहेको छ । फिल्मका कार्यकारी निर्माता पत्रकार रवी अधिकारी हुन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस