• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

फिल्म समिक्षा : चुटकिलाले बचाएको फिल्म छक्का पञ्जा २

  • 2017-09-28 
  • प्रकाशित

    Spread the love

    • समीर बलामी/फिल्मी फण्डा
      दशैं नेपालीहरुको महान् पर्व हो । विरलै दशैको वारेमा जानकार नहोलान् । तर सबैले दशैंमा नव दुर्गाको पुजाआजा गरि टिका लगाउने प्रचलन छ । भनिन्छ दशैमा नवदुर्गाको पुजा नगरि, टिका नलगाई दशै मनाईदैन । त्यस्तो भयो भने त्यो केवल फिक्का दशैं मात्रै हुन्छ । यस्तै भएको छ फिल्म छक्का पञ्जा २ ।  चुटकिला संग्रहमा मिासाईएको कथाले न रोचकता दिन सक्छ न कथा मिसेको कारणले चुटकिला संग्रह पुर्णता छ ।

    वकिल (प्रियंका कार्की) आमा र वृद्धाश्रम चलाइरहेको बाबु (शिवहरि पौडेल) की एक्ली छोरी आकाक्षां (स्वस्तिमा खड्का) को सेरोफेरोमा घुमेको छ छक्का पञ्जा २ । आकाक्षांले विदेश (अष्ट्रेलिया) जान गरेको हरदम कोशिशको प्रतिफल हो छक्का पञ्जा २ । आमा वकिल ले छोरी ( आकांक्षा) लाई विदेश जान अनुमति नदिएपछि र आइएलटिएस मा कम नम्बर प्राप्त गरेको कारण अष्ट्रेलिया जान नपाएकी आकांक्षाले विदेशको लागी बुनिएको तानाबाना सबै बेकार लाग्छ । आकांक्षाको परिवारको जीवन शैली हेर्दा आकांक्षाले विदेश जान नक्कली विवाहको नाटक रच्नुपर्ने देखिदैन । तर फिल्ममा उनले नक्कली विहेको बाटो रोज्छिन् । (स्वरुप पुरुष दकाल) प्रज्वलसँग नक्कली विहे गरिसकेपछि नक्कली विवाहको को प्रमाण बनाउन सुटुक्क गाउँ गएका आकांक्षा र प्रज्वलको वारेमा प्रज्वलकी आमाले थाहा पाएपछि बुहरीकै रुपमा घर भित्राउछिन् । बाजा बजाएर घर भित्राएकी बुहारीबाट प्रज्वलकी आमा नाती चाहन्छिन् । नक्कली विहे गर्न आमा सँग विद्रोह गरिरहेकी आकांक्षा गाउँमा प्रज्वलकी आमाको दलदलमा फस्छिन् । यता वकिल आमालाई छोरी हराएपछि बढ्न थालेको समस्याले छोरीको कर्तुत थाहा पाउँछिन् । प्रज्वलकी आमाले सबै कुरा थाहा पाएपछि आकाक्षा घर फर्किन्छिन् तर आमासँग पुन विद्रोह गर्छिन् र घर छोड्छिन् । अन्तत आकांक्षालाई भिषा लाग्दैन । यहि पछि आउने एउटा घटनाले पूर्ण फिल्मको कथा बोक्छ ।

    आकांक्षाको नक्कली विवाह र प्रज्वल लगायत पात्रका व्यक्तिवादीे स्वार्थ बाझिएपछि पात्रहरुबिच द्धन्द शुरु हुन्छ । आकांक्षा विदेश जान चाहनुको कारण उनको प्रेमी आयुष जो नेपाल आईपुग्छ । आकांक्षा र आयुष बिच विहे भएपछि नक्कली बेहुला प्रज्वलले आकांक्षालाई बहुविवाहको मुद्धा दायर गर्छ र यहि सेराफेरोको द्धन्दमा छक्का पन्जा २ घुम्छ । फिल्मले नेपाली यूवा वर्गको समस्यालाई बोकेको छ । पछिल्लो समय पश्चिमेली मुलुकप्रति आकर्षीत हुने यूवाहरुको कथा फिल्मको मूख्य पाटो हो । तर कथालाई मूर्त रुप दिन सकेको छैन । फिल्ममको पहिलो आधा भागमा कथालाई भन्दा चुटकिलाहरुलाई प्रथामिकता दिएर दर्शक रिज्याउन खोजिएको छ । छक्का पञ्जा २ हेरिरहँदा दर्शकलाई छक्का पञ्जाको केही सम्झना आउँछ तर कथाको छेऊटुप्पो मिल्दैन उल्टो दर्शकलाई ह्याङ मात्रै हुन्छ । पात्रको हिसाबले छक्का पञ्जा कै सिक्वेल देखिन्छ तर कथाको हिसावले मिल्दैन । यो फिल्मको मूख्य कमजोरी हो । फिल्ममा दिपक राज गिरी(राजा) को सम्बन्ध वकिलसँग राख्नु को कुनै तुक छैन । अनावश्यक वकिलसँग सिन मिलाउन निर्देशकले प्रस्तुत गरेको देखिन्छ । न्यायलय जस्तो अदालतमा पुगेको मुद्धालाई प्रशासनमा पठाएर टुङ्ग्याउनुले अदालतको दज्जी उदाएको देखिन्छ । फिल्मले राम्रो कथाको उठान गरेको छ तर निर्देशकले कथाको मर्म बुझ्न नसकेको कारण फिल्म चुकेको छ । फिल्मको दुईवटै गीत राम्रो भएतापनि आवश्यक लाग्दैन । र पनि गीत संगीत र ब्याक राउण्ड म्युजिकले फिल्मलाई बचाएको देखिन्छ ।

    फिल्मको मूख्य श्रेय दुई पात्र ईन्टरनेशनल मामा(माग्ने बुढा) र प्रज्वलकी आमा (लक्ष्मी गिरी) लाई जान्छ । दर्शकले फिल्म हेरिसकेपछि पनि यी पात्रहरुलाई सम्झिरहन्छन् । पहिलो हाफमा फिल्मले कथालाई नछोएपनि जति मनोरञ्जन दिन्छ, दोश्रो हाफमा हाई–हाई मात्रै दिन्छ । कतिपय दर्शक भावुक हुनुपर्ने सिनहरुमा हाँसोले हल गुञ्जिन्छ । फिल्मको दोश्रो हाफमा दर्शकलाई सस्पेन बनाउँन खोज्दा खोज्दै सिन्धुलीको घुम्ती जस्तै सस्पेन माथि अर्को सस्पेन थँपिदै जाँदा दर्शकको दिमाग नै घुम्न थाल्छन् । जे होस् अन्तत फिल्म छक्का पञ्जा २ बलियो कथा माथिको कमजोर प्रस्तुती बनेको छ । चुटकिलाको हिसावले दर्शकलाई जति हसाँउन निर्देशक  माहिर​ देखिएकी छिन् त्यति कथाको मर्म बुझ्न चुकेकी छिन् ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    भोजपुरी फिल्ममा प्रशान्त भिलेन
    थिरसगँ अन्जुको दोस्रो विबाह
    कमेडी च्याम्पियन ‘सिजन २’ मा विशाल र केकी
    ‘फटाह फणिन्द्रे’ मा बुद्धी र रवि डंगोल

    Recent Posts

    • नाजिर र अस्मिताको ‘पिपलु’ मा रोमान्स
    • फिल्म ‘चिसो मान्छे’ को छायांकन आजबाट सुरु
    • गायक सत्यराजको ‘म बाँच्नुको’ (भिडियो)
    • गायक राजु परियारको ‘यो दुनिया’ (भिडियो)
    • अनिल लामाको ‘शैलुङ्गे मेला’मा राजु र एलिशाको बिछोड (भिडियो)
    • नायिका स्वस्तिमाले साउथ फिल्म ‘थिरिमाली’ साइन गरिन्
    • गायक शिबहरी थापाको ‘जब टाडा गयौ तिमी'(भिडियो)
    • अमित सुनार र बीना विश्वकर्माको ‘पिरको पोको छ'(भिडियो)
    • प्रज्वलको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक
    • पुष्प , सुधिर , समारिका र स्मारिकाको ‘फुर्के रिबन भर्सेस कर्ली कपाल’(भिडियो)

    हाम्रो बारेमा

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073