दसैंको पूर्व सन्ध्यामा गायक कमलको कोदो कोला

फिल्मी फण्डा । विगतमा आईलभयू।।।गीतको लोकप्रियताका कारण दर्शक तथा स्रोताको मन जित्न सफल गायक कमल के। क्षेत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला।।’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देश्ँन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।
सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । अनिल के।मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस