प्रतिमा विमलीसँग राजवल्लभको इन्गेजमेन्ट

फिल्मी फण्डा । एकताका नेपाली फिल्ममा आफुलाई अब्बल तुल्याएका नायक राजवल्लभ कोईराला हाल नेपाली फिल्म भन्दा पर रहेको छ । नेपाली फिल्ममा फर्कने नफर्कने राजको कुनै टुङ्गो छैन । तर उनै राज ले बिहेको भने टुङ्गो लगाएका छन् । अमेरिकास्थित न्युयोर्कमा रहेका नायक राजबल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । प्रतिमा विमलीसँग नायक कोइरालाले आइतबार औंठी साटेर इन्गेजमेन्ट गरेका हुन् । झापामा स्थायी घर भएकी प्रतिमा अमेरिकाको वाट्ला सिटीमा परिवार सहित बस्छन् । राज पनि परिवार सहित विगत पाँच वर्ष अगाडीदेखि अमेरिकामा छन् । राजवल्लभ र प्रतिमा दुवैलाई नयाँ जीवनको सुरुवातको शुभकामना ! तस्बिर : 977
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस