रानीको गीत सार्वजनिक, आशलाग्दो दुई कलाकारसँग मलिनाको रोमान्स

फिल्मी फण्डा । नेपाली फिल्म रानीको एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । विहीवार राजधानीको क्युज सिनेमा मा एक कार्यक्रमको आयोजना गरि गीत सार्वजनिक गरिएको हो । धेरै लामो समयपछि निर्देशनमा फर्किएका पुराना र अब्बल निर्देशक दयाराम दाहालद्धारा निर्देशन गरिएको चलचित्र रानीको भन भन बोलको उक्त गीतमा मलिना जोशी, मनिष श्रेष्ठ, सारुक ताम्राकारलाई फिचरिङ गरिएको छ ।
रोमान्टिक गीतमा दुई नव नायकले नायिका मलिना जोशीलाई मन पराएको भाव व्यक्त गरिएको छ । फिल्म रानी आगामी कात्र्तिक २ गते तिहारको अवसरमा रेखा थापाको फिल्म रुद्रप्रियासँगै प्रदर्शन हुने तरखरमा रहेको छ । गीतमा विजय घिमिरेको संगीत रहेको छ भने विजय घिमिरेको साथमा निकिता थापाको स्वर रहेको छ । यम थापाले लेखेको फिल्ममा विमल गुभाजुको लगानी रहेको छ भने फिल्मको प्रस्तुतकर्ता भानु महर्जन हुन् । धेरै हिट फिल्म दिएका दयाराम दाहालले रानीलाई समय सन्दर्भको फिल्म बनाउन निकै मेहनत गरेको र फिल्म सबैले मन पराउने विश्वास राखेका छन् । फिल्मका अनुप विक्रम शाही र शुसन खड्काको पनि मूख्य भुमिका रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस