‘रुद्रप्रिया’ को दोस्रो गीत ‘तिमी बाहेक अरु’ सार्वजानिक ( भिडीयो )

फिल्मी फण्डा । कात्तिक २ गते, लक्ष्मीपुजाको छेको पारि रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ को दोस्रो गीत सार्वजानिक भएको छ । यो भन्दा अघि ‘चिरबीर चिरबीर चाँचरी’ बोलको गीतमा राम्रो सफलता पाइसकेको कारण यो गीतमा पनि राम्रै सफलता पाउनुमा निर्माण टिम आशाबादी रहेका छन् ।
‘तिमी बाहेक अरु’ बोलको गीतको भिडियोमा नायक रेखा थापा र नायिका आर्यन सिग्देल फिचरिङ छन् । अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सनुप पौडेल र अन्जु पन्तको स्वर रहेको छ ।
उक्त गीतको भिडीयोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा रेखा र आर्यनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । पहिले सँगै फिल्म गरेर निकै नै चर्चा कमाएको जोडी, अहिले झण्डै ८ वर्षपछि एउटै पर्दामा देख्ने भएको छ ।
सुदिप बबी भूपाल सिहंको निर्देशन रहेको फिल्म रुद्रप्रियामा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् । छायाँकन संजय लामाको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस