• News
    • Bollywood
    • Article
    • Interview
    • Gallery
    • Videos
    • Promo/Songs
    • Movie
    • Music
    • Off The Bit

१५ गतेको झझल्कोमा ‘शत्रुगते’ घोषणा, महको साथमा पल र आँचल पनि(भिडियो)

  • 2017-09-16 
  • प्रकाशित

    Spread the love

    फिल्मी फण्डा । मह जोडी निकै समय पछि पुन फिल्म निर्माण फर्किएका छन् । पहिले १५ गते नामक हिट सिरियल बनाएका मह जोडीले यो पटक ‘शत्रुगते’ नाम फिल्म निर्माण गर्न लागिएको हो ।
    शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘शत्रुगते’को औपचारिक निर्माण घोषणा गरियो । मह संचारको प्रस्तुतीमा ‘शत्रुगते’ निर्माण हुन लागेको हो । यसअघि सुपरहिट फिल्म ’जात्रा’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराईले यो फिल्मको निर्देशन गर्नेछन् ।

    फिल्मको घोषणा कार्यक्रममा बोल्दै निर्देशक प्रदीप भट्टराईले आफूले निर्देशन गरेको फिल्म ’जात्रा’भन्दा ‘सत्रुगते’ फरक रहने बताए । उनले भने, ‘जति दर्शकले ’जात्रा’ मन पराउनुभयो उहाँहरुलाई त अवश्य नै ‘शत्रुगते’ मन पर्छ र नयाँ दर्शकलाई पनि फिल्मले हलसम्म तान्न सक्नेमा विश्वस्त छु ।’ हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।
    फिल्मको विषयमा जानकारी दिँदै मदनकृष्ण श्रेष्ठले दर्शकलाई राम्रो फिल्म पस्किने उद्येश्यले ‘शत्रुगते’ निर्माण गर्न लागेको बताए । काठमाडौं र तराईका विभिन्न ठाउँहरुमा खिचिने फिल्मको छायांकन छठ पर्वपछि सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ’जोनी जेन्टलम्यान’का नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा छन् । पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा दीर्घ गुरुङको छायांकन, कविराज गहतराजको नृत्य र राजनराज सिवाकोटीको गीत तथा संगीत सुन्न सकिनेछ ।


    Spread the love

    यसमा तपाइँको प्रतिक्रिया दिनुहोस

    यो पनि हेर्नुहोस

    प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    Recent Posts

    • प्रदीप खड्काको नयाँ हिरोईन रेनु
    • हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सहित ‘सत्यम’को अडिशन कल
    • पुष्प र गीता फिचर्ड ‘दिइसके यो जिवन’ (भिडियो)
    • मिस नेवा:मा पन्ध्र प्रतिस्पर्धी
    • फिल्म पत्रकारद्वय वाग्ले र गिरीलाई रङ्ग पत्रकारिता सम्मान
    • मुकुन र मेनुकाको ‘गणपति’ फ्लोरमा
    • हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
    • गायक दीपेन्द्र राईको पुर्बेली गीत”सलल कोशी” (भिडियो)
    • धरान शहरको कभर भर्सन शिब लामिछानेको स्वरमा
    • आर्यन सिग्देलको ‘डिसेम्बर फल्स’ छायांकन सुरु

    हाम्रो बारेमा

    प्रबन्ध निर्देशक : कबिता बलामी

    सम्पादक : समीर बलामी

    कार्यकारी सम्पादक : महेश्वर तामाङ

    डेस्क : दिपेन्द्र अधिकारी

    संवाददाता : देविका घिमिरे/अर्पण नेपाल

    फोटो/भिडियो : सञ्चु थोकर लामा

    कानुनी सल्लाहकार : अधिवक्ता ध्रुव मानन्धर

    वेब डिजाईन :इनोव्हेटिभ वेब डिजाइन


    फेसबुक

    Filmy Fanda

    सम्पर्क

      Balami Film Entertainment Pvt. Ltd. Balaju-16, Kathmandu  
    Online Office : Anamnagar, Kathmandu
     01-4420813 / 9851162384  Mail:  filmyfandatv@gmail.com
    Marketing:  ebalamifilm@gmail.com
    Copyright © 2017-2020 Balami Film Entertainment Pvt. Ltd. All Rights Reserved. | सूचना बिभाग दर्ता नम्बर: 465 / 073