चलचित्र ह्याप्पी न्यू ईयरको रोमान्टिक गीत रिलिज (भिडीयो)

फिल्मी फण्डा । चलचित्र ह्याप्पी न्यू ईयरको गीत रिलिज भएको छ । पौष १४ गते बाट प्रर्दशनमा आउने चलचित्रको गीतको भिडीयोमा नायक कुशल थापा र नायिका सन्ध्या के.सी फिचरिङमा छन् ।
गीतको भिडीयोमा नायक नायिका दुबैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । रोहन नेपालीको कोरियोग्रफी रहेको गीतमा नवराज बस्नेतको स्वर, विनोद ढकालको शब्द तथा संगीत रहेको छ । कृषल थापा निर्माता रहेको फिल्मको पटकथा, संवाद तथा निर्देशन देव कुमार श्रेष्ठको रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस