‘कोहलपुर एक्स्प्रेस’ लिएर आउदैँ केकी अधिकारी

फिल्मी फण्डा । सपनाको सजिलो बाटोहरु खोज्दै जाँदा भेटिने तीन युवतीहरु बीचको कथामा आधारित रही फिल्म ‘कोहलपुर एक्स्प्रेस’ बन्ने भएको छ । विशाल भण्डारी निर्देशक रहेको यस फिल्मलाई शान बश्यान्तले लेख्ने भएको छ ।
फिल्मको निर्माता केकी अधिकारी, भद« बहादूर, देवी लाल न्यौपाने, र शिव प्रसाद चौंलागाई हुन् । जुनकिरी आर्टसको ब्यानरमा बन्ने यस फिल्मललाई लोकेश बज्रचार्यले सम्पादन गर्ने भएको छ भने फिल्ममा अर्जुन तिवारीकोे छाँयाकन रहने छ ।
फिल्ममा केकी अधिकारी लगायत प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, बुद्घि तामाङ, रबिन्द« झा, सुजन कार्की लगायत कलाकारको अभिनय रहने भएको छ । फिल्मको गीतमा राजन राज शिवाकोटी, अर्जुन पोखरेल, र काली प्रसाद बास्कोटाको सगींत रहने छ भने फिल्ममा गम्भीर बिस्टको कोरियोग्राफी रहने छ । फिल्मको पब्लिसिटी भने टौवा क्रियशनले गर्नेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस